काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट प्रहरीले झन्डै चार किलोभन्दा परिमाणमा सुन बरामद गरेको छ । प्रहरीले बुधबार उज्वेकिस्तानका चार नागरिकलाई तीन किलो भन्दा बढी परिमाणको सुन सहित पक्राउ गरेको हो ।
भन्सार जाँच सकेर निस्कन लागेका उनिहरुमाथि शंका लागेपछि गरिएको खानतलासीमा मलद्वारमा लुकाएर ल्याएको ३ किलो ७४५ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ ।
विमानस्थल भन्सार सुरक्षामा खटिएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सोमेन्द्र राठौरका अनुसार दुबईबाट काठमाडौं आएको फ्लाइट एफजेएड ५७५ मार्फत नेपाल आएका तीन महिला र एक पुरुष पक्राउ परेका छन् ।
प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्