Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

५५ बर्षिया ‘बुलेट आमा’लाई महानगरको हौसला, भारत हुँदै थाइल्याण्डसम्म बुलेट यात्राको तयारी

५५ बर्षिया ‘बुलेट आमा’लाई महानगरको हौसला, भारत हुँदै थाइल्याण्डसम्म बुलेट यात्राको तयारी
विज्ञापन
Advertisement

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले ‘बुलेट आमा’ भनेर चिनिने शुशिला उप्रेती तिवारीको बुलेट मोटरसाइकल यात्राको प्रशंशा गर्दै उनको यात्राको कदर गरेको छ । आज महानगरकी उपप्रमुख सुनिता डंगोलले तिवारीलाई प्रशंशा पत्र प्रदान गर्दै आगामी अन्तरदेशीय यात्राका लागि सफलताको शुभकामना दिइन् ।

विज्ञापन
Advertisement
Advertisement

उनले तिवारीको मोटरसाइकल यात्रा सहासी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गरिन । ‘नेपाली महिलाहरुले लगाउने गुन्युचोली लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु महिलाहरुका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो’,डंगोलले भनिन् ।

त्यस क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले मायाको चिनो प्रदान गरे ।  झापाको बुधबारे बसोबास गर्नेे ५५ वर्षिया तिवारीले नेपाली महिलाको राष्ट्रिय पोशाक ‘गुन्युचोली’ लगाएर विश्वशान्तिको कामना गर्दै गत भदौ ५ गते मेचीबाट मोटरसाइकल यात्रा थालनी गरेकी थिइन् ।

उनले यात्राको नवौँ दिनको मध्यान्नमा सुदुरपश्चिम प्रदेश, कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर त्यस चरणको यात्रा समापन गरिन् । अब उनले आगामी यात्राका लागि अन्तरदेशिय योजना बनाएको सुनाइन् । उनले भनिन्, ‘सहासी र शसक्त नेपाली महिलाको पहिचान प्रवर्धन गर्न अब भारत, बंगालादेश, मलेसिया हुँदै थाइल्याण्डसम्म यात्रा गर्नेछु । यात्राका क्रममा भेटिने हरेक व्यक्ति र समुदायको सहयोग लिएर यात्रा सम्पन्न गर्ने योजना छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit