काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले म्युजिकल इभेन्ट ‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ को टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ ।
भोली (यही फागुन २५ गते शनिबार) भक्तपुरको सल्लाघारी ग्राउण्डमा आयोजना हुने उक्त विशेष कन्सर्टमा शाओमीको सहभागिताले म्युजिक प्रेमीलाई थप उत्साहित बनाउने विश्वास कम्पनीले लिएको छ ।
शाओमी नेपालले हालै लोकप्रिय गायक सुशान्त केसी र अभिनेत्री आना शर्मालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर बनाएको थियो । शाओमीको इनोभेसन, सिर्जनशीलता र समुदायसँग नजिक हुने चाहनालाई प्राथमिकता दिदैँ कम्पनीले यो भव्य संगीत उत्सवलाई समर्थन गरेको उल्लेख छ ।
सङ्गीत र प्रविधिलाई जोड्ने साझा विचार सहित बनेको शाओमी र सुशान्त केसीको यो सहकार्य नेपाली दर्शकसँग अझ नजिकिन महत्वपूर्ण कदम साबित हुने विश्वास कम्पनीको छ ।
शाओमीले सबै सङ्गीतप्रेमीहरूलाई ‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ मा सहभागी भई यो अद्भुत कन्सर्टमा समर्थन जनाउन आमन्त्रण गरेको छ । यस्तै,आगामी दिनमा शाओमी नेपालले अझ रोमाञ्चक अनुभवहरू र प्रविधि–सम्बन्धित कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।















प्रतिक्रिया दिनुहोस्