Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

गतवर्षको तुलनामा घट्यो रेमिट्यान्स, पुस र मंसिरमा ७ खर्ब ६३ अर्ब

गतवर्षको तुलनामा घट्यो रेमिट्यान्स, पुस र मंसिरमा ७ खर्ब ६३ अर्ब
विज्ञापन
Advertisement
काठमाडाैँ । चालु आर्थिक वर्षको मंसिर र पुसमा रेमिट्यान्सको वृद्धिदरमा कमी आएको छ। गत मंसिरमा २४.२ प्रतिशतले बढेको रेमिट्यान्स आम्दानी यस वर्षको सोही अवधिमा ४.४ प्रतिशतले मात्रै बढेको छ।
यस्तै गत पुसमा २२.२ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्षको सोही अवधिमा ४.१ प्रतिशतले मात्रै बढेको छ। चालु आर्थिक वर्षको मंसिरमा १ खर्ब १९ अर्ब रूपैयाँ रेमिट्यान्स आएकोमा पुसमा १ खर्ब २२ अर्ब रूपैयाँ भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
 गत वर्ष अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स बढी आएकाले पनि यस वर्ष वृद्धिदर कम देखिएको हो। यस्तै दसैँतिहारको समयमा बढी रेमिट्यान्स पठाएकाले पनि मंसिर र पुसमा केही कमी देखिएको अनुमान गरिएको छ।
रेमिट्यान्समा कमी आएपनि नेपालको अर्थतन्त्रले अपेक्षित गति लिन नसकेकाले विदेशी मुद्रा सञ्चिति भने पर्याप्त रहनुका साथै मुलुकको बाह्य क्षेत्र मजुबुत स्थितिमा छ। मुल्यवृद्धि दर पनि सरकारले तोकेको सिमाभित्रै रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको पुस मसान्तमा श्रम स्वीकृत र पुनर्श्रम स्वीकृति लिनेको संख्यामा भने वृद्धि देखिएको छ।
विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit