Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक खण्डमा कालोपत्र गर्न सुरु

खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक खण्डमा कालोपत्र गर्न सुरु
विज्ञापन
Advertisement

भोजपुर। खोङटाङ–चोलन्ती–खावा पाँचधारे सडक कालोपत्र थालिएको छ । मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र थालिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

यो सडकखण्डको करिब २५ किलोमिटरमध्ये पहिलो खण्डमा शून्यविन्दुबाट रु दुई करोड ६१ लाख ७१ हजार ६३१ लागतमा कालोपत्र थालिएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयले जनाएको छ ।

‘खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडकखण्डको शून्यविन्दुबाट कालोपत्रको काम थालेका छौँ,’ टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भने,’यो सडकको करिब २५ किलोमिटरमध्ये डेढ किलोमिटर कालोपत्र हुन्छ ।’

यही सडकको दोस्रो खण्ड हुँगे गाउँ पुछारबाट पाँचधारेसम्म स्तरोन्नतिको काम पनि भइरहेको छ । यहाँ सडक डिभिजन कार्यालयले रु दुई करोड र कोशी प्रदेश सरकारको रु २५ लाख गरी कूल रु दुई करोड २५ लाख लागतमा स्तरोन्नति गरिरहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit