Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

यस्ता छन् महिला लघुवित्तको सातौं बार्षिक साधारणसभाले पारित गरेका प्रस्तावहरु

यस्ता छन् महिला लघुवित्तको सातौं बार्षिक साधारणसभाले पारित गरेका प्रस्तावहरु
विज्ञापन
Advertisement

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं बार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका संचालक समितिका अध्यक्ष तारा कुँवरको अध्यक्षतामा शंखमुलस्थित एक होटलमा सभा सम्पन्न भएको हो ।

बिहीबार सम्पन्न सभाले नियमावलीको नियम ३२ (ग) मा शंसोधन गर्ने र यस वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त संस्थाहरुलाई गाभ्ने÷गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि संस्थाले चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङकन गर्न मान्यता प्राप्त मूल्याङकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न संचालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

यस्तै, सभाले आर्थिक वर्ष २०८०।८१ को प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन, आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०।८१ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गर्ने, आर्थिक वर्ष २०८१।८२ को लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

सभामा शेयरधनीले उठाएको प्रश्नमाथि संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले जवाफ दिँदै आगामी दिनमा शेयरधनीलाई उच्च प्रतिफल दिने गरी कम्पनीका संचालक र व्यवस्थापन अघि बढेको जानकारी दिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit