Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

कामना सेवा विकास बैंकद्वारा असहाय बालबालिकालाई शैक्षिक सामग्री प्रदान

कामना सेवा विकास बैंकद्वारा असहाय बालबालिकालाई शैक्षिक सामग्री प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ तथा असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले आफ्नो गोंगबु शाखा कार्यालय मार्फत ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ मा रहेका बालबालिकाहरुलाई उक्त सामग्री वितरण गरेको हो । बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले संस्थाकी संस्थापक बिनिता अर्याललाई शैक्षिक सामग्री हस्तान्तरण गरे । उक्त सामग्रीहरु संस्थामा आश्रित कक्षा एल.के.जी. देखि १० सम्मका २८ जना बालबालिकाहरुका लागि प्रदान गरिएको बैंकले जनाएको छ ।

संस्थापक बिनिता अर्यालले बैंकको यो सहयोगप्रति आभार प्रकट गरिन् । अनाथ र असहाय बालबालिकाहरुको शैक्षिक पहुँच पुर्‍याउन बैंकले गरेको यो कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने र बालबालिकाहरुलाई अध्ययनमा थप प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरिन् ।

कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राख्दै आएको जनाएको छ। यस्ता कार्यक्रमहरुले समाजमा शिक्षा तथा बालबालिकाको चौतर्फी विकासमा थप योगदान पुग्ने अपेक्षा बैंकले राखेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit