काठमाडौं । रमेश कर्प अन्तर्गतको टेलि डिजिटल सर्भिसेस प्रा.लि. ले मेटासँगको सहकार्यमा ‘द कनभरफरेन्स’ नामक उद्योगस्तरीय कार्यक्रम आयोजना गरेको छ।
बिहीबार कम्पनीले नेपालमा संवादात्मक व्यापारको सम्भावना उजागर गर्ने उद्देश्यले ‘द कनभरफरेन्स’ नामक ऐतिहासिक उद्योगस्तरीय कार्यक्रम आयोजना गरेको हो । हिजो काठमाडौंको एक होटेलमा आयोजित उक्त विशेष कार्यक्रममा नेपालका विभिन्न कर्पोरेट क्षेत्रका व्यवसायिक नेतृत्वकर्ता, ब्रान्ड मार्केटर तथा डिजिटल निर्णयकर्ताहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो।
नेपालको डिजिटल क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको यस कार्यक्रममा मेटाका एपीएसी क्षेत्रीय साझेदारी प्रबन्धक अल्बर्ट थ्योङ ले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए। उनको उपस्थितिले नेपाललाई संवादात्मक व्यापारका लागि उदाउँदो तथा रणनीतिक रूपमा महत्वपूर्ण बजारका रूपमा मेटाले लिएको प्राथमिकतालाई झल्काएको छ।
नेपालमा ह्वाट्सएप व्यापक रूपमा प्रयोग भइरहेका कारण नेपाली व्यवसायहरूले एसएमएस र इमेलजस्ता परम्परागत माध्यमभन्दा बाहिर गएर प्रत्यक्ष, विश्वासिलो तथा मापनयोग्य ग्राहक संवादको अवसर उपयोग गर्न सक्ने विषयलाई कार्यक्रममा विशेष रूपमा उठाइएको थियो।
कार्यक्रममा ह्वाट्सएप बिजनेस एपीआई मार्फत ग्राहक सेवा, लिड जेनेरेसन, बिक्री रूपान्तरण, ग्राहक टिकाइ राख्ने रणनीति र व्यक्तिगत स्तरको संवादलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको कम्पनीले जनाएको छ। विश्वव्यापी व्यवसायिक म्यासेजिङ प्रवृत्तिबारे जानकारी दिँदै मेटाका म्यासेजिङ प्लेटफर्महरूमा प्रत्येक साता १ अर्बभन्दा बढी मानिस व्यवसायसँग जोडिने तथ्य समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा बोल्दै मेटाका प्रतिनिधिले व्यवसायिक म्यासेजिङका लागि नेपाल अहिले उत्साहजनक मोडमा पुगेको र बजारमा तीव्र गति देखिएको बताए। उनका अनुसार, ह्वाट्सएप बिजनेस प्लेटफर्म ठमेलको सानो पारिवारिक पसलदेखि राष्ट्रिय बैंकसम्म सबै प्रकारका व्यवसायका लागि तयार गरिएको हो र नेपाली ब्रान्डहरूले आजैदेखि यसको उपयोग सुरु गर्न सक्छन्।
रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले भने, ‘पाँच दशकभन्दा बढी समयदेखि रमेश कर्प नेपाली व्यवसायहरूको वृद्धि र प्रगतिमा साझेदार बनेको छ। टेलि डिजिटललाई सहयोग गर्नु भनेको त्यही प्रतिबद्धतालाई निरन्तरता दिनु हो। नेपाली व्यवसायहरूले स्थानीय सहयोग, स्थानीय भुक्तानी सुविधा तथा पूर्ण प्लेटफर्म पहुँचसहित विश्वका शक्तिशाली डिजिटल प्लेटफर्महरूमा प्रत्यक्ष पहुँच पाउन सकून् भन्ने हाम्रो उद्देश्य हो।’
त्यस्तै, टेलि डिजिटल सर्भिस प्रा.लि का प्रमुख कार्यकारी अधिकृत नवांकुर सुदले ग्राहक–केन्द्रित डिजिटल इकोसिस्टम निर्माणमा जोड दिँने बताए । ‘मानिसहरूलाई जबरजस्ती बिक्री गराउनुभन्दा उनीहरू संवादमार्फत खरिद गर्न चाहन्छन्। ह्वाट्सएप बिजनेस एपीआईले नेपाली व्यवसायलाई ग्राहकहरू जहाँ छन्, त्यहीँ पुगेर व्यक्तिगत अनुभूति हुने संवाद गर्न सक्षम बनाउँछ। ‘द कनभरफरेन्स’ नेपाली बजारलाई आधारबाट निर्माण गर्ने हाम्रो प्रतिबद्धता हो,’ उनले भने ।
टेलि डिजिटल सर्भिसेसका बारेमा
टेलि डिजिटल सर्भिसेस प्रा.लि. रमेश कर्प अन्तर्गतको संस्था हो, जसले गुगल, मेटा र व्हाट्सएपको आधिकारिक साझेदारका रूपमा कार्य गर्दै आएको छ। कम्पनीले नेपाली व्यवसायहरूलाई गुगल एड्स, मेटा एड्स, गुगल वर्कस्पेस तथा ह्वाट्सएप बिजनेस एपीआई सेवाहरू स्थानीय भुक्तानी सुविधा, स्थानीय विशेषज्ञता, तत्काल विज्ञापन क्रेडिट तथा नेपालमै उपलब्ध समर्पित सेवासहित प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार यसले नेपाली व्यवसायहरूलाई बिचौलिया, विदेशी भुक्तानी जटिलता तथा सञ्चालनसम्बन्धी अवरोधबिना विश्वस्तरीय डिजिटल प्रविधिमा पहुँच दिलाउन सहयोग पुर्याइरहेको छ।















प्रतिक्रिया दिनुहोस्