Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

महोत्तरीमा व्यावसायिक सुर्तीखेती आम्दानीको आकर्षक माध्यम बन्दै

महोत्तरीमा व्यावसायिक सुर्तीखेती आम्दानीको आकर्षक माध्यम बन्दै
विज्ञापन
Advertisement

काठमाडौं । महोत्तरी गाउँपालिका–६ का किसानहरू नगदेबाली सुर्तीखेतीतर्फ आकर्षित भएका छन् । कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले जीवनस्तर उकास्न किसान व्यावसायिक रूपमा सुर्तीखेतीमा लागेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

बर्सेनि बीउबिजन, मल र पानीको समस्याले धान उत्पादन घटेपछि स्थानीय किसान परम्परागत धानखेती छाडेर व्यावसायिक रूपमा सुर्तीखेती गर्न थालेका छन्।

सुर्तीखेतीमा रमाएका किसान रामजीवन साहले मेहनत र लगानीअनुसारको धान उत्पादन नहुँदा महोत्तरी गाउँपालिका–६ धेरैजसो किसानले सुर्तीखेती गरेको बताउँछन्। गाउँका ४० प्रतिशत खेतबारीमा सुर्तीखेती हुने गरेको उनले बताए। उनका अनुसार उक्त वडाको ५० बिघा बढी जग्गामा सुर्तीखेती भएको छ। उक्त वडाका ५० बढी परिवार सुर्तीखेतीमा व्यस्त छन्।

एकै वर्षको आम्दानीले तीन वर्षसम्मको लागि धान किन्न सकिने भन्दै स्थानीय किसान रामएकवाल साहले यहाँका किसान व्यावसायिक रूपमा सुर्तीखेती गर्न थालेको बताए। उनका अनुसार स्थानीय बजारमा सुर्तीको गुणस्तर हेरेर एक किलोग्रामको एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ।

सुर्ती बिडी र चुरोट बनाउन भारतका व्यापारीले गाउँमै पुगेर किन्ने गरेका छन्। एक कट्ठा जग्गामा दुई क्विन्टलसम्म सुर्ती उत्पादन हुने र वार्षिक न्यूनतम दुई लाख आम्दानी गर्न सकिने भन्दै अर्का किसान मोहन मण्डलले बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit