Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

दिपचन्द्र रेग्मी ग्लोबल आइएमई क्यापिटलको अध्यक्ष चयन

दिपचन्द्र रेग्मी ग्लोबल आइएमई क्यापिटलको अध्यक्ष चयन
विज्ञापन
Advertisement

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अध्यक्षमा दिपचन्द्र रेग्मी नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले सञ्चालकको अध्यक्षमा हाल क्यापिटलकै सञ्चालक रहेका रेग्मीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका नायब महाप्रबन्धक हुन्। उनले थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन्। उनीसँग बैंकिङ क्षेत्रमा १७ वर्षभन्दा बढीको कार्यअनुभव छ।

उनले सन् २००९ सालदेखि ग्लोबल आईएमई बैंक लिमिटेडमा विभिन्न तहमा रहेर भूमिका निर्वाह गर्दै आएका छन्। हाल उनी बैंकको नायब महाप्रबन्धक हुन्। उनी मानव संसाधन निरीक्षण प्रमुख तथा प्रमुख कर्जा अधिकृतको रूपमा कार्यरत छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit