काठमाडाैं । जेरोना वेलनेस प्रा.लि.ले नेपाली बजारमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउँदै पाँच नयाँ सौन्दर्य उत्पाद सार्वजनिक गरेको छ। सौन्दर्य सुरक्षालाई मुख्य प्राथमिकतामा राख्दै कम्पनीले हाइड्रा टोनर, एक्सफोली फेसवास, सनसेड टिन्टेड, मोइस्चराइजर र राइस वाटर सेरम बजारमा ल्याएको हो।
गत जेठमा पहिलो चरणमा १० विभिन्न प्रकारका उत्पादनमार्फत बजारमा प्रवेश गरेको जेरोना छोटो समयमा नै लोकप्रिय बन्दै गएको छ। त्यसैको निरन्तरतामा कम्पनीले अहिले नयाँ पाँच उत्पादन थप गरेको छ, जसले गर्दा जेरोनाका कूल १५ उत्पादन नेपाली बजारमा उपलब्ध भएका छन्।
कम्पनीका अनुसार हाइड्रा टोनर फेसवासपछि प्रयोग गर्ने टोनर हो, जसले छालालाई ताजा र हाइड्रेट राख्छ। एक्सफोली फेसवासले पिम्पल कन्ट्रोल गर्नुका साथै अनुहारको दाग–धब्बा र खटिरा कम गर्न सहयोग गर्ने दाबी गरिएको छ। यस्तै, सनसेड टिन्टेडमा सनब्लक र फाउन्डेशन दुवैको मिश्रण भएकाले छुट्टै सनब्लक वा फाउन्डेशन प्रयोग गर्नुपर्ने आवश्यकता रहँदैन।
जेरोनाले नयाँ मोइस्चराइजिङ क्रिम पनि सार्वजनिक गरेको छ, जसले छाला पोषणका साथै स्किन लाइटिङमा मद्दत गर्छ। राइस वाटर सेरमले अनुहारका स–साना खाल्डाखुल्डी छोप्ने र छाला उज्यालो देखाउने प्रभाव राख्ने कम्पनीको भनाइ छ। यी सबै उत्पादन कम्पनीले डिलरमार्फत सबै बजारमा पठाइसकेको र छिट्टै देशभरका सौन्दर्य स्टोर तथा ब्यूटी–शपहरूमा उपलब्ध हुने जनाइएको छ।
नेपाली कम्पनी भए पनि जेरोनाले आफ्ना उत्पादन भारतको गुजरातस्थित उच्च प्रविधियुक्त प्लान्टमा तयार गराएर नेपालमा वितरण गर्दै आएको छ। कम्पनीले यसअघि सनसेड सनस्क्रिन, एचवाई हायलोरोनिक सेरम, हाइड्रा मोइस्चराइजर, भिटामिन सी फेसवास, नाइट क्रिम, एसपीएफ ५० सनस्क्रिन, भिटामिन सी फेस सेरम, हाइड्रा सफ्ट क्लिन्जर, ग्लोइङ फेसवास र डे क्रिमसहित १० उत्पादन बजारमा ल्याइसकेको थियो। अहिले नयाँ पाँच उत्पादन थप भएपछि जेरोना वेलनेसले १५ विभिन्न सौन्दर्य र छाला संरक्षणसम्बन्धी उत्पादन बजारमा विस्तार गरेको घोषणा गरेको छ।

















प्रतिक्रिया दिनुहोस्