Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेशनल लाईफद्वारा कर्णाली र सुदुरपश्चिम प्रदेशको सिईओ क्लब सदस्यलाई सम्मान

नेशनल लाईफद्वारा कर्णाली र सुदुरपश्चिम प्रदेशको सिईओ क्लब सदस्यलाई सम्मान
विज्ञापन
Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपालगंजको होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य ११५ जना अभिकर्ताहरु र सुदुरपश्चिम प्रदेशबाट योग्य १६१ जना अभिकर्ताहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्णाली तथा सुदुरपश्चिम प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओे क्बलको सदस्यता वितरण गरे । साथै, ती प्रदेशहरुबाट आफ्नो कोड र संजलमा प्रथम द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरेको कम्पनीले उल्लेख गरेको छ।

प्रमुख कार्यकारी अधिकृतज्यूले कर्णाली र सुदुरपश्चिम प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट उपलब्ध गराए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय समान कार्यक्रम सम्पन्न गरेको घोषणा गरे । साथै उनले अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने जानकारी दिए । उनले कम्पनीले अभिकर्तामैत्री स्किमहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट १६०० जना भन्दा बढि अभिकर्ताहरु छनोट भएकोमा उक्त योजना अत्यन्तै सफल भएको बताए ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले तालिम प्रदान गरेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit