Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रालि बनेपामा खुल्यो नयाँ शाखा

मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रालि बनेपामा खुल्यो नयाँ शाखा
विज्ञापन
Advertisement

काठमाडौं ।काठमाडौं सतुङ्गलमा विस्तार गरिएको छ । आज एक समारोहका बीच शाखा सञ्चालनमा ल्याइएको हो । शङ्कर ग्रुप नेपालका अध्यक्ष शङ्करलाल अग्रवालले रिबन काटेर सुरु गरेको कार्यक्रममा नेपालको निर्माण सामग्री उत्पादन गर्ने प्रायः सबै उद्योगका प्रमुख वा प्रतिनिधिहरू र निमार्ण क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा मनकामना हार्डवेयर तथा सप्लायर्सका सञ्चालक रामप्रसाद झाङ र सज्जन अग्रवालले प्रमुख अथितिलाई नेपालको उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा उनले पुर्‍याएको योगदानको कदर गर्दै सम्मानपत्रका साथमा अभिन्नदन गरेका थिए ।

कार्यक्रममा अम्बे स्टील्स प्रालि, अम्बे सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बृज सिमेन्ट, अशोक स्टील्स इन्डस्ट्रिज, नारायणी स्टील्स, राजेश हार्डवेयर, गोयल स्टील्स, ह्वासिन सिमेन्ट, होङ्सी सिमेन्ट, हुलास स्टील्स, हुलास वायर इन्डस्ट्रिज, जगदम्बा प्लास्टिक, जगदम्बा इन्टरप्राइजेज, स्वस्तिक रोलिङ मिल्स प्रालि, हुलास आइरन, मारूती सिमेन्ट, सिद्धिलक्ष्मी स्टील्स प्रालि, राजेश मेटल क्राफ्ट, पाल्पा सिमेन्ट, लक्ष्मी स्टील, सर्वोत्तम सिमेन्ट, शुभश्री जगदम्बा सिमेन्ट, प्रिमियम स्टील , गोयङ्का स्टील, युनाइटेड सिमेन्टलगायतका अन्य विभिन्न उद्योगका प्रमुख र प्रतिनिधिहरू तथा निमार्ण क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

मुख्य कार्यालय बनेपा रहेको मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रालिले बनेपा, भकुण्डे, सिन्धुली, बर्दिबास, नारायणगढ र थली ९काठमाडौँ० बाट आफ्नो व्यवसाय गर्दै आएको छ । आजबाट काठमाडौँको थली र सतुङ्गल गरी दुईवटा शाखाबाट व्यवसाय सुरु भएको छ ।

मनकामना हार्डवेयरका सञ्चालक रामप्रसाद झाङले आजबाट काठमाडौँ, भक्तपुर, धादिङ, नुवाकोट आधार मानेर त्यहाँका हार्डवेयर तथा निर्माण व्यवसायीलाई सुलभ र सहजताका लागि यो ब्रान्च सुरु गरिएको जानकारी दिए । सञ्चालक सज्जनकुमार अग्रवालले यो शाखा विस्तारले काठमाडौँ आसपासका ग्राहकहरूलाई अत्यन्त सहज हुने बताए । अहिले बागमती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशमा प्रत्यक्ष र देशभर सेवा दिँदै आएकोमा अब देशका पूर्व र पश्चिमका अन्य सहरहरूमा समेत शाखा विस्तार गर्दै जाने बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit