Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भारतको केन्द्रीय प्रसारण निकायबाट सीमापार विद्युत् परियोजनामा लिट्मस् इन्डस्ट्रिजलाई स्वीकृति

भारतको केन्द्रीय प्रसारण निकायबाट सीमापार विद्युत् परियोजनामा लिट्मस् इन्डस्ट्रिजलाई स्वीकृति
विज्ञापन
Advertisement

काठमाडौं। नेपालको तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने सबैभन्दा ठूलो उद्योग लिट्मस इलिट्मस् इन्डस्ट्रिजले भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय (पीजीसीआईएल) बाट उच्च क्षमताको विद्युत् प्रसारण लाइनका लागि कन्डक्टर आपूर्ति गर्ने महत्वपूर्ण स्वीकृति प्राप्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

यससँगै सीमापार विद्युत् प्रसारण परियोजनाका लागि छनोट हुने एकमात्र नेपाली उत्पादकका रूपमा लिट्मस् स्थापित भएको छ।

सम्झौता अनुसार कम्पनीले ४०० केभी एसीएसआर ‘मूस’ कन्डक्टर २,७९९ किलोमिटर उत्पादन तथा आपूर्ति गर्नेछ। यी कन्डक्टरहरू नेपाल–भारत सीमापार डिडिङ्ग–ढल्केबर–बथनाहा प्रसारण लाइनमा प्रयोग गरिनेछन्, जुन ९०० मेगावाट क्षमताको अरूण जलविदधुत प्राेजेक्टसँग सम्बन्धित छ।

नेपालमै पहिलो पटक ४०० केभी एसीएसआर मूस कन्डक्टर उत्पादन हुन लागेको हो, जसलाई देशको औद्योगिक तथा प्रविधिक क्षमतामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

परियोजना स्वीकृत गर्नुअघि पीजीसीआईएलले लिट्मस् इन्डस्ट्रिजको उत्पादन केन्द्रको गहन मूल्याङ्कन गरेको थियो। उत्पादन प्रक्रिया, क्षमता, गुणस्तर नियन्त्रण तथा परीक्षण प्रणाली र पूर्वाधारको विस्तृत समीक्षा पश्चात् कम्पनीलाई योग्य आपूर्तिकर्ताका रूपमा स्वीकृति प्रदान गरिएको हो।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियाबाट नेपाली उद्योग छनोट हुनु देशकै लागि गौरवको विषय मानिएको छ। ढल्केबर–बथनाहा प्रसारण लाइन नेपालका महत्वपूर्ण ऊर्जा संयोजनहरूमध्ये एक हो। यसले भविष्यमा नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, अरुण–३ आयोजनाबाट उत्पादित विद्युत् सुरक्षित र भरपर्दो रूपमा प्रसारण गर्न यो लाइन मुख्य आधार बन्नेछ।

यसअघि पनि लिट्मस् इन्डस्ट्रिजले ठूला प्रसारण परियोजनामा अनुभव हासिल गरिसकेको छ। कम्पनीले हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइनका लागि नेपाल विद्युत् प्राधिकरणलाई ४०० केभी एसीएसआर मूस कन्डक्टर ३,६०० किलोमिटर आपूर्ति गरिसकेको छ, जुन देशका प्रमुख आन्तरिक प्रसारण मार्गहरूमध्ये एक हो।

रमेश कर्प समूहअन्तर्गत सञ्चालित लिट्मस् इन्डस्ट्रिज लिमिटेड सन् १९७७ देखि नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्दै आएको अग्रणी उद्योग हो। कम्पनीले मध्यम भोल्टेज एक्सएलपीई आवरणयुक्त कन्डक्टर, एसीएसआर कन्डक्टर, एरियल बन्च्ड केबल, न्यून भोल्टेज पावर केबल तथा कन्ट्रोल केबल उत्पादन गर्दै आएको छ। घरायसी विद्युत् जडानका लागि लिट्मस् केबल्स अन्तर्गत एफआरएलएस केबल र इकोवायर–जेडएच हलोजनरहित तार पनि उत्पादन तथा आपूर्ति गरिन्छ।

बुटवल र नवलपरासीमा अवस्थित दुई अत्याधुनिक उत्पादन केन्द्रमार्फत कम्पनीले सेवा प्रदान गरिरहेको छ। तीमध्ये एकमा नेपालमै पहिलो पटक स्थापना गरिएको एल्युमिनियम रड उत्पादन प्लान्ट सञ्चालनमा छ। कम्पनीले आफ्ना सबै उत्पादन तथा प्रक्रिया राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर तथा सुरक्षा मापदण्डअनुसार सञ्चालन गर्दै आएको जनाएको छ।

यस स्वीकृतिले लिट्मस् इन्डस्ट्रिजलाई अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीय आपूर्तिकर्ताका रूपमा स्थापित गर्दै नेपाली उद्योगको क्षमता र सीमापार ऊर्जा पूर्वाधार विकासमा नेपालको बढ्दो सहभागितालाई उजागर गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit