Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रतिनिधि सभा बैठक बस्दै, पाँच अध्यादेश स्वीकृतिका लागि पेश हुने

प्रतिनिधि सभा बैठक बस्दै, पाँच अध्यादेश स्वीकृतिका लागि पेश हुने
विज्ञापन
Advertisement

काठमाडाैं । आज दिउँसो १ बजे बस्ने बैठकमा भूमिसम्बन्धी बाहेक पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने भएको छ। साझेदार दलहरूको बीचमा भूमिबाहेक पाँच अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गर्ने सहमति भएअनुसार आज प्रतिनिधि सभामा पेस हुन लागेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

आज आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई संसदको बैठकमा निर्णयार्थ प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ। यी अध्यादेश सरकारले गत पुस २७ गते जारी गरेको थियो। प्रतिनिधि सभामा सत्ता पक्षको बहुमत भए पनि राष्ट्रिय सभामा भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको साथ आवश्यक थियो।

जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश देशको हितमा नरहेको भन्दै फिर्ता लिनुपर्ने अडान राखेपछि सरकार अप्ठ्यारोमा परेको थियो। अहिले यादवलाई विश्वासमा लिएर भूमिबाहेका बाँकी अध्यादेश अघि बढाउने साझा निष्कर्षमा पुगेको नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले बताए। आज अध्यादेशहरू पेश हुने भएकाले संसद बैठकमा अनिवार्य उपस्थित हुन नेपाली कांग्रेस र नेकपा (एमाले)ले ह्विप जारी गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit