Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

प्रधानमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहबाट निवेदन माग

प्रधानमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहबाट निवेदन माग
विज्ञापन
Advertisement

तनहुँ । जिल्लाका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचिकृत हुन निवेदन माग गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि स्थानीय तहले सूचिकृत हुने बेरोजगारलाई निवेदन माग गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

जिल्लास्थित व्यास नगरपालिका, देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिकाले प्रधानमन्त्री रोजगारमा आबद्ध भई न्यूनतम रोजगारी प्राप्तिका लागि निवेदन माग गरेका हुन् ।एक सय दिनका लागि प्रदान गरिने रोजगारका लागि काम गर्न इच्छुक व्यक्तिले फागुन मसान्तसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दिनसक्ने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

उनका अनुसार निवेदन दिन इच्छुक व्यक्तिले नागरिकताको एकप्रति फोटोकपी, एकप्रति फोटो, नागरिकता अन्य स्थानीय तह वा जिल्लाबाट जारी भएका विवाह दर्ता वा बसाइँसराइ, परिवारको वार्षिक आय खुल्ने विवरण पेस गर्नुपर्नेछ ।

ऋषिङ गाउँपालिकाले रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने एक सय दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणमा योगदान गर्न इच्छुक व्यक्तिलाई निवेदन दिन आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत अनिल अङ्गाईंले भने “आर्थिक वर्ष २०८२/८३ मा प्रदान गरिने न्यूनतम रोजगारीका लागि इच्छुक व्यक्तिले फागुन मसान्तसम्म सम्बन्धित वडामा निवेदन दिन सक्नुहुनेछ ।”

देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारीमा सङ्लग्न नभएका, सङ्घीय सरकारले तोकेको न्यूनतम वार्षिक आयभन्दा कम आम्दानी भएका, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनामा सङ्लग्न भई काम गर्न इच्छुक परिवारका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिइने बताए ।

मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचिकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउनेछन् । जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नाला मर्मत, पैदलमार्ग निर्माण, पोखरी निर्माण, चौतारी निर्माणलगायत काम हुँदै आएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit