काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश दर घोषणा गरेको छ।
२७औँ वार्षिक साधारण सभा सम्पन्न भएसँगै इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशतका दरले हुन आउने रकम २९ करोड ४९लाख ६१ हजार ५ सय ३० रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको हो।
माघ २३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले ९.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। शेयरधनीहरुले बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठले कम्पनीले गत आर्थिक वर्ष २०७९(८० मा हासिल गरेको बीमा प्रिमियम रकम ३ अरब ३९ करोड ४५ लाखमा ७.१२ प्रतिशतले वृद्धि गरी हाल ३ अरब ६३ करोड ६१ लाख बीमा प्रिमियम संकलन गरेको जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्