काठमाडौं ।एनआईसी एशिया क्यापिटलले धितोपत्रको दोस्रो बजारमा सूचीकृत तथा सूचीकृत नभएका कम्पनीहरूको संस्थापक शेयर खरिद(बिक्रीलाई सहज बनाउन ‘अफर फर सेल (ओएफएस)’ प्लेटफर्म सञ्चालनमा ल्याएको छ।
क्यापिटलले विगत लामो समयदेखि मर्चेण्ट बैंकिङ सेवाअन्तर्गत संस्थापक शेयरधनीहरूको शेयर प्रचलित कानुनअनुसार खरिद–बिक्री गराइदिने सेवा प्रदान गर्दै आएको थियो। सोही सेवालाई थप प्रविधिमैत्री र सहज बनाउन यो नयाँ प्लेटफर्म सञ्चालनमा ल्याइएको हो।
संस्थापक शेयर कारोबारमा सहजता
नेपालमा सूचीकृत कम्पनीहरूको संस्थापक शेयर खरिद(बिक्री गर्न कानुनी प्रक्रियाको कठोरता तथा सूचीकृत नभएका पब्लिक कम्पनीहरूका संस्थापक शेयर कारोबारको झन्झटिलो प्रक्रियाका कारण लगानीकर्ताहरू समस्यामा पर्दै आएका थिए। खरिदकर्ता तथा बिक्रीकर्ताको सहज पहुँच नहुँदा संस्थापक शेयरमा गरिएको लगानी लामो समय फ्रिज हुने समस्या समाधान गर्न ‘वान स्टप सोलुशन’को रुपमा ओएफएस प्लेटफर्म ल्याइएको क्यापिटलले जनाएको छ।
ओएफएस प्लेटफर्मका विशेषताहरू
-सहज बिक्री प्रक्रियास् बिक्री गर्न चाहने संस्थापक शेयरधनीहरूले क्यापिटलको वेबसाइटमा आवश्यक विवरण भरेपछि सम्बन्धित कम्पनीका खरिदकर्ताहरू खोजिदिने।
– सहज खरिद प्रक्रियास् लगानीकर्ताहरूलाई कुनै कम्पनीको संस्थापक शेयर खरिद गर्न चाहेको विवरण उपलब्ध गराएपछि क्यापिटलले खरिद प्रक्रिया अगाडि बढाउने।
– सुरक्षित र गोपनीयतास् खरिदकर्ता तथा बिक्रीकर्ताको विवरण गोपनीय राखी आवश्यक अध्ययनपछि मात्रै कारोबार प्रक्रिया अगाडि बढाइने।
– सहज र सर्वसुलभ पहुँचस् स्वदेश तथा विदेशबाट अनलाइनमार्फत सहज रूपमा खरिद-बिक्री गर्न सकिने।
छ। मूल्य निर्धारण सेवास् सम्बन्धित कम्पनीको मूल्याङ्कन प्रतिवेदन उपलब्ध गराई खरिद–बिक्री मूल्य निर्धारण गर्न सहयोग गरिने।
सेवा कसरी लिन सकिन्छ ?
उक्त सेवा लिनका लागि क्यापिटलको वेबसाइट onlinedemat.nicasiacapital.com मा क्लिक गरी आवेदन दिन सकिन्छ। थप जानकारीका लागि क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ अधिकृत दामोदर रायमाझीसँग ९८५११८४९७९ मा सम्पर्क गर्न वा[email protected]मा ईमेल गर्न सकिनेछ।
एनआईसी एशिया क्यापिटलको नयाँ ओएफएस प्लेटफर्ममार्फत संस्थापक शेयर कारोबारमा सहजता आएर लगानीकर्ताहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्