Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सीएनआईले ‘दोस्रो महिला सम्मेलन २०२५’ चैत्र ३ गते आयोजना गर्दै

सीएनआईले  ‘दोस्रो महिला सम्मेलन २०२५’ चैत्र ३ गते आयोजना गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अन्तर्राष्ट्रिय स्तरको ‘दोस्रो महिला सम्मेलन २०२५’ आयोजना गर्ने भएको छ । सम्मेलन यही चैत्र ३ गते काठमाडौंमा आयोजना हुँदैछ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको सहकार्यमा सीएनआई वुमन लिडरसिप फोरमले कार्यक्रम संयोजन गरेको हो ।

सम्मेलनको समुद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ ।सम्मेलनमा प्रविधि एवं नवप्रवर्तन (टेक्नोलजि एन्ड इनोभेसन), दिगो कृषिमा महिला (वुमन इन सस्टेनेवल एग्रीकल्चर), महिलाहरूमा लगानी (इन्भेस्टिङ इन वुमनं र सीमा पार (बियोण्ड बाउन्ड्रिज) विषयक सत्रहरूको आयोजना गरिएको र त्यस सत्रमा विषयत छलफल हुने जनाइएको छ ।

मंगलबार परिसंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायहरुले लिनुपर्ने नीतिगत विषयमा गहन रुपमा छलफल हुने बताए ।

यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुने आयोजको भनाई छ । जसले महिलाहरुलाई प्रेरित गर्नेछ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त महिलाहरुसहित करिब ५ सय जनाको सहभागिता हुने जनाइएको छ । सम्मेलनमा मेक इन नेपाल स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिनेछ । सम्मेलनको टाइटल स्पोन्सरमा नबिल बैंक रहेको छ भने एशियाली विकास बैंक (एडीबी) पावर्ड बाई रहेको छ ।

सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने अन्य संस्थाहरुमा नेपाल पर्यटन बोर्ड, एनसेल, एमएडब्लू वृद्धि मोटर्स, डाबर नेपाल, यूनिलिभर, बोटलर्स नेपाल, कृषि विकास बैंक, चौधरी फाउण्डेसन, वल्र्डलिंक कम्यूनिकेशन, भ्यास मिडिया, इभेन्ट म्याक्स, सोल्टी होटेल, इको एड, इन्क्यूलिसिभ फ्यूचर फाउण्डेसन रहेको जनाइएको छ ।

सीएनआईले निजी क्षेत्रको उत्पादनमुलक एवं सेवामुलक प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ । परिसंघले उद्योग, राजश्व, पूर्वाधार, पर्यटन, महिला नेतृत्व फोरमलगायत समिति÷परिषद्÷फोरम गठन गरी उक्त क्षेत्रका लागि आवश्यक नीतिगत सुझाव दिँदै आएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit