Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ज्योति विकास बैंक र ‘डेकोर प्लेस’बीच सम्झौता, बैंकका ग्राहकलाई फर्निचर किन्दा १५ प्रतिशत छुट

ज्योति विकास बैंक र ‘डेकोर प्लेस’बीच सम्झौता, बैंकका ग्राहकलाई फर्निचर किन्दा १५ प्रतिशत छुट
विज्ञापन
Advertisement

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं नयाँबजारस्थित ‘डेकोर प्लेस’मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फर्निचर शोरुममा १५ प्रतिशत छुट पाउने छन् ।

‘डेकोर प्लेस’मा घर तथा अफिसहरुको लागि आवश्यक सम्पूर्ण फर्निचर, सोफा, कार्पेट लगायतका विभिन्न गुणस्तरीय सामाग्री उपलब्ध छन्।

बैंकले ग्राहकहरूको सुविधालाई ध्यान दिँदै विभिन्न व्यवसायीसँग निरन्तर सहकार्य गरी आफ्ना ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। बैंकले यसअघि नगरकोटस्थित क्लब हिमालयन र होटल हिमाललयन भिल्लामा १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको थियो ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit