Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नबिल बैंकद्वारा विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रशिक्षण प्रदान

नबिल बैंकद्वारा विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रशिक्षण प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । ग्लोबल मनी वीक–२०२६ को अवसरमा नबिल बैंक लिमिटेड, मालिगाउँ शाखाले वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार काठमाडौंको टङ्गालस्थित श्री टङ्गाल माध्यमिक विद्यालयका कक्षा १० देखि १२ सम्मका विद्यार्थीहरूका लागि वित्तीय साक्षरता प्रशिक्षण प्रदान गरिएको हो । उक्त कार्यक्रममा विद्यालयका ८० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। बालबालिका तथा किशोरकिशोरीहरूमा वित्तीय चेतना र व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नबिल बैंकले हरेक वर्ष यो हप्ता विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

कार्यक्रममा मालिगाउँ शाखाका प्रमुख उत्सव श्रेष्ठले विद्यार्थीहरूलाई बैंकिङ साक्षरता सम्बन्धी प्रस्तुतीकरण दिएका थिए । यस्तै, शाखाका सम्बन्ध अधिकृत कृपा दाहाल र सञ्चालन इन्चार्ज कपिला लामिछानेको उपस्थितिमा विद्यार्थीहरूलाई बचतको महत्त्व, बैंकिङ प्रणालीको सही प्रयोग, डिजिटल भुक्तानीका माध्यम र सुरक्षित वित्तीय व्यवहारका बारेमा व्यावहारिक जानकारी दिइएको थियो।

कार्यक्रमका वक्ताहरूले आधुनिक युगमा डिजिटल बैंकिङ, मोबाइल वालेट र अनलाइन कारोबारको प्रयोग बढ्दै गएकाले युवापुस्तामा यसको सही र सुरक्षित प्रयोगबारे ज्ञान हुनु अनिवार्य रहेको धारणा राखेका छन् । साथै, सानै उमेरदेखि नियमित बचत गर्ने बानीले भविष्यको आर्थिक निर्णय लिन कसरी सहयोग पुग्छ भन्ने विषयमा पनि उनीहरुलाई जानकारी दिइएको बैंकले जनाएको छ।

समुदायमा वित्तीय साक्षरता बढाउन र नागरिकलाई आर्थिक रूपमा सशक्त बनाउन यस्ता सचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा पनि देशैभर निरन्तर सञ्चालन गरिने नबिल बैंकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit