काठमाडौं । इञ्जिनियरिंग संकायको परिक्षामा थापाथली क्याम्पसको स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउने प्रजेश श्रेष्ठलाई यस वर्षको ‘शंकरलाल अग्रवाल गोल्ड मेडल २०८१’ प्रदान गरिएको छ ।
इञ्जिनियरिङ अध्ययन संस्थान (आईओई) थापाथली क्याम्पसले आज आफ्नो ५९औँ वार्षिक उत्सवको अवसरमा सर्वोत्कृष्ट अंक ल्याउन सफल श्रेष्ठलाई ‘श्री शंकरलाल अग्रवाल स्वर्ण पदक वि.सं. २०८१’ बाट सम्मानित गरेको हो । उक्त पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शंकर ग्रुपको भगिनी संस्था जगदम्बा स्टिलको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
इञ्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा. सुशील बहादुर बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा विशेष अतिथीका रुपमा शंकर ग्रुपको तर्फबाट निर्देशक–संचालन रवि प्रकाश, थापाथली क्याम्पसका क्याम्पस प्रमुख डा. खेम ज्ञवली लगायतको उपस्थिती रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्