काठमाडाैं । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। चैत १ गतेदेखि लागू हुने नयाँ दरअनुसार, अधिकांश बैंकहरूले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १७ बैंकले फागुनकै ब्याजदर निरन्तरता दिएका छन् भने ३ बैंकले ब्याजदर घटाएका छन्। ब्याजदर घटाउने बैंकहरूमा हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, र नेपाल बैंक रहेका छन्।
ब्याजदर औसतमा घट्यो
फागुन महिनामा ब्याजदर औसत ६=०१ प्रतिशत रहेकोमा चैत महिनामा यो दर घटेर ५.९३ प्रतिशत झरेको छ।
सबैभन्दा बढी ब्याज दिने बैंक
चैत महिनामा एनआइसी एशिया बैंक मा पैसा राख्दा सबैभन्दा बढी ६.६% ब्याज पाइनेछ। करिब एक दर्जन बैंकहरूले ६ प्रतिशत भन्दा माथिको ब्याजदर कायम ।गरेका छन्








कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्