Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नासाको स्पेसएक्स मिशन : अन्तरिक्षमा रहेका विलियम्स र विल्मोर फर्किएलान पृथ्वी ?

नासाको स्पेसएक्स मिशन : अन्तरिक्षमा रहेका विलियम्स र विल्मोर फर्किएलान पृथ्वी ?
विज्ञापन
Advertisement

एजेन्सी ।  प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले शुक्रबार एजेन्सीको क्रू–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

यो मिसन पहिले फ्लोरिडाको नासाको केनेडी स्पेस सेन्टरबाट बुधबार पूर्वी समय अनुसार साँझ ७ः४८ बजे स्पेसएक्स फाल्कन ९ रकेटबाट प्रक्षेपण गर्ने तालिका थियो तर फाल्कन ९ रकेटको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रविधिको समस्याका कारण प्रक्षेपण रद्द गरिएको नासाले जनाएको छ।

नासाका प्रतिनिधिले मिसन प्रबन्धकहरसँग बुधबार साँझ भेट गरेपछि अन्तरिक्ष यानको उडान मार्गमा उच्च हावा र वर्षाको पूर्वानुमानका कारण प्रक्षेपण प्रयास बिहीबार स्थगित गर्ने निर्णय गरेको नासाले जनाएको छ ।

यो मिसनले चार अन्तरिक्ष यात्रीहरूलाई आइएसएसमा लैजानेछ । गत जुनदेखि अन्तरिक्षमा फसेका नासाका अन्तरिक्ष यात्री सुनी विलियम्स र बुच विल्मोर सहित चार अन्तरिक्ष यात्रीहरूलाई फाल्कनले पृथ्वीमा ल्याउनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit