Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भुक्तानी प्रकृयालाई सहज बनाउन मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको भीम युपीआई सेवा सञ्चालनमा

भुक्तानी प्रकृयालाई सहज बनाउन मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको भीम युपीआई सेवा सञ्चालनमा
विज्ञापन
Advertisement

काठमाडौं । प्रभु बैंकले मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा भीम युपीआई सेवा सञ्चालनमा ल्याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उक्त सेवाको सुरुवातसँगै अब भारतका नागरिकहरूले आफ्नो बैंक खाताबाट भीम युपिआईमार्फत क्युआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सजिलै सक्नेछन् ।

आज एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा उक्त सेवाको सुुभारम्भ गरिएको हो । यो सँगै त्यहाँ पुग्ने स्वदेशी तथा विदेशी भक्तजनहरूले मुक्तिनाथ मन्दिरमा डिजिटल भुक्तानीको सहज सुविधा अनुभव गर्न सक्नेछन्।

यसले मुक्तिनाथ मन्दिरमा आउने भारतीय भक्तजनहरूलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सहज भुक्तानी गर्ने सुविधा प्रदान गर्नुका साथै नेपाल–भारत वित्तीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास बैंकको छ । यस्तै, बैंकले यो सेवा क्रस बोर्डर (सीमापार) डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भएको र दुई देशबिचको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको जनाएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले भीम युपिआई सेवाको शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाई प्रबर्द्धन गर्दै वित्तीय समावेशनलाई बलियो बनाउने उल्लेख गरे । उनले भक्तजनहरूका लागि यो प्रविधि सुरक्षित, पारदर्शी र सरल हुने विश्वास व्यक्त गर्दै डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।

यस्तै, गभर्नर अधिकारीले उनले डिजिटल भुक्तानी प्रविधिलाई नेपालभर सर्वसुलभ बनाउने तथा वित्तीय पहुँचलाई विस्तार गर्ने दिशामा राष्ट्र बैंकले आवश्यक नीति तथा कार्यक्रमहरू अघि बढाउने उल्लेख गरे । कार्यक्रममा राष्ट्र बैंकका गभर्नर, कार्यकारी निर्देशक, निर्देशक, बैंकका प्रतिनिधिहरू तथा अन्य विशिष्ट व्यक्तिहरू सहभागी थिए ।

बैंकले देशभर ७७ वटै जिल्लामा ३१२ शाखा तथा ६७ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit