images images images
images images images
images
images
images

सिटिजन्स बैंकद्वारा १० र १५ वर्ष सेवा गरेका कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान’ प्रदान

images

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १० वर्ष र १५ वर्ष सेवा गरेका कर्मचारीहरूलाई ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेको छ।

२०६४ साल वैशाख ७ गते ४३ जना कर्मचारीबाट बैंकिङ सेवा सुरु गरेको सिटिजन्स बैंकले कर्मचारीहरूको उत्साहवर्धनका लागि सम्मान प्रदान गरेको हो। बैंकले हरेक वर्ष चैत १ गतेलाई ‘कर्मचारी दिवस’ का रूपमा मनाउँदै आएको छ। अठारौँ वर्ष पूरा गरी उन्नाइसौँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले वार्षिक उत्सवसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ।

images
images

बैंकको वार्षिक उत्सव वैशाख ७ गते पर्ने हुँदा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले १० वर्ष सेवा गरेका ६१ जना र १५ वर्ष सेवा गरेका १८ जना कर्मचारीलाई प्रमाणपत्रसहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको सफलतामा कर्मचारीहरूको मिहिनेत, लगनशीलता, प्रतिबद्धता र जिम्मेवारीको महत्वपूर्ण योगदान रहेको बताए। हाल बैंकमा १८ सय कर्मचारी कार्यरत रहेका छन्।

images
images

प्रतिक्रिया दिनुहोस्