Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

साझा यातायातको (सीईओ) पदका लागि पुनः दरखास्त आह्वान

साझा यातायातको (सीईओ) पदका लागि पुनः दरखास्त आह्वान
विज्ञापन
Advertisement

काठमाडाैं । साझा यातायातको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पुनः दरखास्त आह्वान गरिएको छ। साझा यातायातको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पुनः दरखास्त आह्वान गरिएको छ। यसअघि गत पुस २९ गते खुला दरखास्त आह्वान गरिएको थियो। तर, पर्याप्त दरखास्त नपरेपछि साझा यातायातले आज दोस्रोपटक आवेदन खुलाएको हो।

विज्ञापन
Advertisement
Advertisement

दरखास्त दिन इच्छुक उम्मेदवारहरूले २१ दिनभित्र साझा यातायातको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा आवेदन बुझाउन सक्नेछन्। यसअघि पहिलो आह्वानमा जम्मा दुई जना उम्मेदवार— अर्घाखाँचीका यदुनाथ पौडेल र काठमाडौंका मिलनकुमार शाक्य—को मात्र आवेदन स्वीकृत भएको थियो। तर, साझा यातायातको ‘प्रमुख कार्यकारी अधिकृत सिफारिस कार्यविधि २०८१’ अनुसार, कम्तीमा तीन जना उम्मेदवारको दरखास्त पर्नुपर्ने प्रावधान भएकाले पुनः सूचना प्रकाशित गरिएको हो।

सीईओ पदका लागि उम्मेदवारले मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, कानुन, अर्थशास्त्र, वाणिज्यशास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्नेछ।

साथै, उम्मेदवारले कुनै सरकारी सेवा वा कानुनीरूपमा दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संघ–संस्थामा अधिकृत स्तरमा कम्तीमा राजपत्रांकित द्वितीय श्रेणी वा दशौं तह वा सो सरहको पदमा सात वर्ष काम गरेको अनुभव पनि आवश्यक पर्नेछ। त्यस्तै, उम्मेदवारको उमेर ३५ वर्ष पूरा भएको हुनुपर्नेछ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit