काठमाडौं । नेपालको विस्वासिलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स लिमिटेडले फिल्म “खुसीको इन्स्योरेन्स” सार्वजनिक गरेको छ ।
उत्कृष्ट, प्रभावकारी र व्यावसायिक बीमा सेवाका लागि परिचित उक्त कम्पनीले भावनात्मक डिजिटल फिल्ममार्फत आफ्नो ग्राहकहरूको जीवनका आरोह–अवरोहमा खुसीको इन्स्योरेन्सबाट सदैव साथ दिने सहयात्रीको भूमिका निर्वाह गर्ने जनाएको छ ।
फिल्ममा जीवनदेखि लडेकाहरु एक आपसमा मिलेर माथि उठ्नुपर्छ र उठ्नका लागि साथ दिनेहरूको महत्वको औचित्यता कथाले पुष्टि गर्ने कम्पनीले जनाएको छ ।
उक्त फिल्म एक परिवारको कथा हो । परिवारको कान्छो छोराको दृष्टिकोणबाट प्रस्तुत गरिएको कथामा मुख्य पात्रले बाल्यकालदेखिका सम्झनाहरूलाई स्मरण गर्दै परिवारभित्रको प्रेम, एकता, सङ्घर्ष र पुनर्निर्माणको कथा सुनाउँछन् । एक समृद्ध र प्रेमले भरिएको परिवारसँग कथामा सुरु भएर समयको बहावसँगै अनपेक्षित कठिनाइहरू सँग संघर्ष गर्नुपर्दाको अवस्था देखाइएको छ ।
फिल्ममा एक व्यक्तिको जीवनमा आएको विपत्तिले सबै थोक परिवर्तन गरिदिँदा उनीहरू फेरि उठ्न संघर्ष गर्नुपर्दाको यात्रामा शिखर इन्स्योरेन्सले नदेखिने तर महत्वपूर्ण रुपमा सहयोग पुयाउने भूमिका निर्वाह गरिरहेको देखाइएको छ ।
कथाको मुख्य पात्रले आफ्नो खुसी त्याग्ने आमा, जीवनका हरेक चुनौतीसँग सँगै छु भन्ने दाजुभाइ तथा दिदीबहिनीको भावनालाई समेटेको उल्लेख छ । यस्तै, दुई दशकदेखि शिखर इन्स्योरेन्स माथि ग्राहकले गरेको विश्वास र आवश्यक पर्दा सहयोगी हात बन्ने हरेक शिखर इन्स्योरेन्सका कर्मचारीहरूलाई फिल्म समर्पित गरिएको कम्पनीले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्