
काठमाडाैं । साताको पहिलो दिन नेप्से सूचक २१.६३अंकले घटेर २ हजार ७१४.८५ विन्दुमा आइपुगेको छ । अघिल्लो दिन बुधबार सामान्य अंकले बढेको बजार आइतबार आइपुग्दा पुन घटेको छ । बजार अहिले निन्तर घटदोक्रममा रहेको छ । लगानीकर्ताहरु अहिले बजारमा प्रवेश गरिहाल्ने अबस्थामा छैनन्। नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएर नयाँ छनोटमा सरकार लागेको छ ।
नयाँ गभर्नरको प्रवेश र उनले लिने नीतिलाई प्रमुख रुपमा हेरिएको छ । त्यसैले पनि लगानीकर्ताहरु पर्ख र हेरको अबस्थामा देखिन्छन् । मौद्रिक नीतिको समीक्षाबाट उत्साहित बनेको लगानीकर्ता विस्तारै बजार पुरानै मनोवैज्ञानिक विन्दुमा फर्किएको छ । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१६ कम्पनीको १ करोड ३९ लाख कित्ता शेयर किनबेचहुँदा ६ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल रिइन्स्योरेन्स कम्पनी, महालक्ष्मी विकास बैंक, घलेम्दी हाइड्रो पावर,नेपाल रिइन्स्योरेन्स कम्पनीको २६ करोड २० लाख रुपैयाँदेखि ५८ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ ।
यो दिन ग्रीन डेभलपमेन्ट बैंक, पिपुल्स हाइड्रो कम्पनी, वेन नेपाल लघुवित्त वित्तीय संस्था, प्रभु इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकको ५.११ प्रतिशतदेखि ७.९१ प्रतिशतसम्म रहेको छ । घटेको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनी, आरएसडीसी लघुवित्त वित्तीय संस्था,उपकार हेवाखोला हाइड्रो पावर कम्पनीको ४.१८ प्रतिशतदेखि ८.१९ प्रतिशतले बढेको छ । यो दिन कारोबारमा आएका १२ वटै समूहको सूचक घट्दा ट्रेडिङ समूहको सूचक बढेको छ ।
प्रतिक्रिया दिनुहोस्