Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

जगदम्बा मोटर्सले ल्यायो नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक: नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर

जगदम्बा मोटर्सले ल्यायो नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक: नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर
विज्ञापन
Advertisement

काठमाडौं । स्कुटर राइडिंगलाई नयाँ परिभाषा दिने लक्ष्यसहित, टीभीएस एनटर्कको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा। लि।ले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो स्कुटर केवल यात्राका लागि मात्र नभई, रोमाञ्चक राइडिंग अनुभव प्रदान गर्न तयार गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर, एनटर्क रेस एक्सपी ब्ल्याकले पावर, स्टाइल र अत्याधुनिक प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गरेको छ। स्कुटर पारखीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको यस स्कुटरमा डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि र रेस इन्स्पायर्ड डिजाइन जस्ता विशेषताहरू समावेश गरिएका छन्।

दुई राइड मोडको विशेषता

एनटर्क रेस एक्सपी ब्ल्याक सामान्यताको सीमा भन्दा पर जान चाहने राइडरहरूका लागि निर्माण गरिएको हो। यसमा स्ट्रीट मोड र रेस मोड गरी दुईवटा राइडिङ मोडहरू उपलब्ध छन्। स्ट्रीट मोडले शहरमा सहज र किफायती यात्रा अनुभव प्रदान गर्छ भने, रेस मोडमा ० देखि ६० किलोमिटर प्रति घण्टाको गति मात्र ८।३ सेकेन्डमा प्राप्त गर्दै ९८ किलोमिटर प्रति घण्टाको अधिकतम गति दिन्छ। कम्पनीका अनुसार यो स्कुटर नेपालको स्कुटर सेग्मेन्टमा नयाँ मानक स्थापित गर्नेछ।

नेपालमै पहिलो पटक भ्वाइस असिस्ट प्रविधि

एनटर्क रेस एक्सपी ब्ल्याक नेपालमै पहिलो पटक भ्वाइस असिस्ट प्रविधि समावेश गरेको स्कुटर हो। यस प्रविधिका माध्यमबाट २० भन्दा बढी भ्वाइस कमान्डहरू मार्फत स्मार्ट कनेक्ट एपसँग सहज इन्टरेक्शन गर्न सकिन्छ। राइड मोड स्विच गर्न, नेभिगेसन चेक गर्न वा कलहरू व्यवस्थापन गर्न, अब यात्रुले मात्र आफ्नो आवाज प्रयोग गर्न सक्नेछन्।

रेस इन्स्पायर्ड आकर्षक डिजाइन

यस स्कुटरको डिजाइनलाई रेस इन्स्पायर्ड म्याट ब्ल्याक फिनिश, रातो पांग्रा, र एयरोडायनामिक ग्राफिक्सले थप आकर्षक बनाएको छ। यसबारेमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, रेस(ट्युन स्टाइलिङ र आधुनिक एयरोडायनामिक्सको संयोजनले एनटर्क रेस एक्सपी ब्ल्याक जहाँ गए पनि सबैको ध्यान खिच्न सक्षम छ।

नवीन प्रविधिको निरन्तरता

एनटर्क रेस एक्सपी ब्ल्याकको सार्वजनिक घोषणासँगै, जगदम्बा मोटर्सले नेपालका सडकहरूमा अत्याधुनिक प्रविधि र नवीनता ल्याउने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। गुप्ताले भने, उच्च प्रदर्शनयुक्त दुईपांग्रे सवारीहरूमार्फत हामी सहरी गतिशीलताको परिभाषा बदल्न चाहन्छौं। अब, अंध्यारोलाई उछिन्ने समय आयो। एनटर्क रेस एक्सपी ब्ल्याकको पावर, रोमाञ्चकता र वौद्धिकता अनुभव गर्न तयार हुनुहोस्, किनभने यो केवल स्कुटर मात्र होइन, एउटा स्टेटमेन्ट हो।

जगदम्बा मोटर्सस: नेपालमा टीभीएसको आधिकारिक वितरक

जगदम्बा मोटर्स प्रा। लि।, नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनहरूको एक मात्र आधिकारिक वितरक हो। देशभर १५० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन सफल भएको छ। गुणस्तरीय उत्पादन, नवीन प्रविधिको प्रयोग, बिक्री पछिको उत्कृष्ट सेवा र जगेडा पार्ट्सहरूको सहज उपलब्धताका कारण टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको दुईपांग्रे सवारी ब्रान्ड बनेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit