काडमाडाैं । यो साताभरी नेप्से सूचक निरन्तर घटेको छ। लगारतार नेप्से घट्दा लगानीकर्ता निराश र प्यानिक बनेका छन् । यो दिन सुरुवातदेखि नै बजारमा उतारचढाब आइरहेको थियो । यद्यपी यो साताभरी बजार घटेर बन्द हुँदा लगानी कर्ता भने बजारप्रति आकर्षण पनि घटेको छ । कारोबारको अन्तिम दिन बिहिबार नेप्से सूचक १२.३८ अंकले घटेर २ हजार ६६९.७९ विन्दुमा आइपुगेको छ । साताभरिमा नेप्से सूचक ४१.९३ अंकले घटेकाे छ ।
बिहिबार घटेको बजारमा ६२ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १७५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३१२ कम्पनीको ९६ लाख कित्ता शेयर किनबेचहुँदा ४ अर्ब ५६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ । यो दिन डोल्टी पावर कम्पनी र एशियन हाइड्रो पावर कम्पनीको शेयर मूल्य बढेको छ । कारोबारमा आएका १३ समूह सूचकमध्ये लाइफ इन्स्योरेन्स बाहेक सबै उपसमूहरु घटेका छन् ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्