Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

मन्जुश्री फाइनान्स लिमिटेडद्वारा ग्लोबल मनी विक अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मन्जुश्री फाइनान्स लिमिटेडद्वारा ग्लोबल मनी विक अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले ग्लोबल मनी विक २०२५ को अवसरमा देशभरका २८ शाखा कार्यालयमार्फत १,००० भन्दा बढी युवा, विद्यार्थी तथा कर्मचारीहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विकको अवसरमा फाइनान्सले चैत ४ देखि १० गतेसम्म वित्तीय सचेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको हो। सातै प्रदेशका शाखाहरूबाट आयोजित कार्यक्रममा विद्यालय तथा कलेजका विद्यार्थी, कर्मचारी, गृहिणी, कृषक एवं सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

अभियान अन्तर्गत बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्दा प्राप्त हुने फाइदाहरू, डिजिटल बैंकिङ, क्यूआर कोड प्रयोग, स्मार्ट बैंकिङ, पिन तथा पासवर्ड सुरक्षाको महत्त्व, ओटिपी ९इत्ए०, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग जस्ता विषयमा व्यापक सचेतना जगाइएको थियो। फाइनान्सले विभिन्न शाखा कार्यालयहरू मार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्नुका साथै प्रभात फेरीको समेत आयोजना गर्‍यो। नेपाल राष्ट्र बैंकको समन्वयमा आयोजित प्रभात फेरीमा पनि फाइनान्सका शाखाहरूको सक्रिय सहभागिता रहेको थियो। साथै, सामाजिक सञ्जालहरू मार्फत वित्तीय सचेतनामूलक सन्देशहरू प्रसारण गरी डिजिटल माध्यमबाट समेत व्यापक जनचेतना जगाइएको छ।

मन्जुश्री फाइनान्सले विगत १३ वर्षदेखि हरेक वर्ष आफ्ना सबै शाखा कार्यालयहरू मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। संस्थाले आगामी दिनहरूमा पनि समुदाय स्तरमा वित्तीय चेतना अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit