Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

यामाहाले सुरु गर्‍यो रेजेडआर १२५ एफआई हाइब्रिडको लागि ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान

यामाहाले सुरु गर्‍यो रेजेडआर १२५ एफआई हाइब्रिडको लागि ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान
विज्ञापन
Advertisement

काठमाडौं।  यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडको लागि यामाहा नेपालले ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान सञ्चालनमा ल्याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

७१.३३ किलोमिटर प्रतिलिटरको  ARAI-प्रमाणित माइलेजको साथ इन्धन दक्षतामा नयाँ बेन्चमार्क स्थापित गर्दै ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ। एड्भान्स हाइब्रिड टेक्नोलोजीका साथ निर्माण भएको रेजेडअर १२५ एफआई हाइब्रिडले पावर, दक्षता र स्मार्ट इनोभेसनको उत्तम सन्तुलन प्रदान गर्नुका सागै पर्फर्मेन्स र माइलेज दुवै खोज्ने राइडरहरूको लागि अभियान उपयुक्त विकल्प भएको कम्पनीको भनाइ छ ।

रेजेडआर १२५ एफआई हाइब्रिडमा हाइब्रिड पावर असिस्ट प्रणाली रहेको छ जसले एक्सेलेरेशनको समयमा अतिरिक्त टर्क बूस्ट प्रदान गर्दै सहज एवम् शक्तिशाली सवारी सुनिश्चित गर्दछ। साथै, यसको OBD-II (अन-बोर्ड डायग्नोस्टिक्स II) प्रणालीले निरन्तर रियल–टाइम इन्जिनको निगरानी गरी टिकाउ र विश्वसनीयता बढाउँछ ।

खेलकुद र युवा संलग्नताप्रति प्रतिबद्ध यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड आगामी नेपाल सुपर लिग सिजन ३ मा काठमाडौं रेजर्स टिमको टाइटल स्पोन्सर समेत रहेको छ।

७१.३३ किलोमिटर प्रति लिटर माइलेज, एड्भान्स हाइब्रिड प्रविधि र नेपालको फुटबल क्षेत्रसँग बलियो सम्बन्धको साथ यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड रोमाञ्चक प्रदर्शन खोज्ने ग्राहकका लागि सहि विकल्प सावित हुने कम्पनीले जनाएको छ ।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल आफ्नो नविनतम प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताको लागि परिचित नेपालको एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो। देशभर फराकिलो उपस्थिति बनाएको यामाहाले नवीन उत्पादनहरू र असाधारण आफ्टर सेल्स सर्भिसको साथ निरन्तर बजारको नेतृत्व गरिरहेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit