काठमाडौं । चीनको नं.१ व्यावसायिक सवारी कम्पनी फोटोन मोटर ग्रुपले विश्वभरि १ करोड युनिट सवारी साधन बिक्री गर्दै कीर्तिमान बनाएको छ । व्यावसायिक सवारी उद्योगमा यस्तो उपलब्धि हासिल गर्ने फोटोन पहिलो चिनियाँ कम्पनी बनेको हो।
उच्च गुणस्तर, नविनतम प्रविधि र भरपर्दो यातायात समाधानमार्फत फोटोनले विश्वव्यापी बजारमा आफूलाई स्थापित गर्दै आएको छ। कम्पनीले ट्रक, बस तथा विशेष सवारी साधनहरू उत्पादन गर्दै आएको छ।
फोटोनले आफ्नो सवारीहरूमा डिजिटल प्रविधिको प्रयोग, इन्धन दक्षता, र कार्बन उत्सर्जन न्यूनिकरणमा जोड दिएको छ। यसले हरित यातायाततर्फको विश्वव्यापी यात्रामा उल्लेखनीय योगदान दिएको कम्पनीको दाबी छ। साथै, सप्लाइ चेन एकीकरण, रोजगारी सिर्जना, र यातायात सञ्जाल विस्तारमार्फत अर्थतन्त्रमा समेत टेवा पुर्याउँदै आएको कम्पनीले उल्लेख गरेको छ।
यो कीर्तिमानसँगै नयाँ बजार सम्भावनाहरूको ढोका खुलेको र फोटोनले अब दिगो, भविष्यमुखी व्यावसायिक यातायातका समाधानतर्फ ध्यान दिँदै अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव झनै विस्तार गर्दै जाने लक्ष्य बनाएको कम्पनीले जनाएको छ ।
कम्पनीले अहिलेको १ करोड युनिट बिक्री मात्र सुरुवात भएको भन्दै कम्पनीले शून्य–कार्बन उत्सर्जन, स्मार्ट ड्राइभिङ, र स्वचालित प्रविधियुक्त सवारीहरूतर्फ थप अनुसन्धान तथा नवप्रवर्तनलाई तीव्र बनाएको जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्