काठमाडौं । ज्योति विकास बैंकले ग्लोबल मनी विकको अवसरमा आफ्ना विभिन्न शाखा कार्यालयहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
ग्लोबल मनी विकको तेह्रौं संस्करण यही चैत्र ४ देखि १० गतेसम्म आयोजना भएको थियो । उक्त साताव्यापी कार्यक्रम मार्फत बैंकले एक हजार विद्यार्थीहरुलाई बैंकिङका विभिन्न पक्षहरुका बारेमा जानकारी प्रदान गरेको जनाएको छ ।
‘थिंक बिफोर यू फलो, वाइज मनि टूमरो’ भन्ने मूल नाराका बैंकका कर्मचारीहरुले सोही विषयवस्तुमा केन्द्रित भई युवावर्गमा एक सप्ताहसम्म विभिन्न शाखाहरु मार्फत देशका विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता र सचेतनामूलक कार्यक्रमहरु आयोजना गरेको हो। बैंकले डिजिटल माध्यम र सोसल मिडिया मार्फत पनि विभिन्न सचेतना फैलाएको जनाएको छ ।
सो कार्यक्रम अन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयहरु अन्तर्गत रहेका विभिन्न शाखा कार्यालयहरु मार्फत सोही क्षेत्रका विद्यालय तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्यहरु, वित्तीय अनुशासन, आवश्यकता तथा चाहनाहरु, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवाहरू, नगद रहित कारोबार, धितोपत्र बजार, विद्युतीय ठगी सम्बन्धीत ज्ञान तथा १५ वटा भन्दा बढी तालिम प्रदान गरिएको बैंकले उल्लेख गरेको छ ।

बैंकले सञ्चालन गरेको उक्त कार्यक्रमहरुले वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने तथा सानै उमेरदेखि बालबालिका र युवाहरूमा वित्तीय साक्षरता प्रवर्द्धन गर्ने, उनीहरूलाई वित्तीय निर्णयहरू लिन र भविष्यमा सक्षम नागरिक बन्न आवश्यक ज्ञान, सीप र व्यवहारले सशक्त बनाउने उद्देश्यमा स्पष्ट योगदान पुर्याउने बैंकको विश्वास छ ।
संस्थागत सुशासनलाई निरन्तता दिँदै समाजप्रति उत्तरदायीत्व पूरा गर्ने सम्बन्धमा बैंक सदैब तत्पर रहेको र नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यलाई सधैं उच्च प्राथमिकतामा राख्ने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ ।
बैंकले खुद नाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको जनाएको छ ।
ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

















प्रतिक्रिया दिनुहोस्