Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

गभर्नरको आंकक्षीमा थपिए ढुंगाना,नबिल बैंककाे सीईओबाट दिए राजीनामा

गभर्नरको आंकक्षीमा थपिए ढुंगाना,नबिल बैंककाे सीईओबाट दिए राजीनामा
विज्ञापन
Advertisement

 काठमाडाैं । सरकारले सोमबार बसेको मन्त्री परिषद् बैठकबाट गभर्नर सिफारिस समिति गठन गरेसँगै अबको नयाँ गभर्नरको बहस र चासो बढ्न थालेको छ । दर्जनभन्दा आंकक्षीको बीचमा भारी सम्भावना बोकेका नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाको राजीनामा दिएर गभर्नरको दौडमा सामेल भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकको आगामी गभर्नर बन्ने चर्चामा रहेका ढुंगानाले राष्ट्र बैंक ऐनअनुसार गभर्नर पदको उम्मेदवार बन्नका लागि राजीनामा दिएका हुन्। नेपाल बंगलादेश बैंकलाई नबिल बैंकमा गाभेपछि ढुंगाना नबिल बैंकका सीईओका रूपमा कार्यरत थिए। पहिलो कार्यकालमा दुई वर्षका लागि नियुक्त भएका उनी दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए। बैंक मर्जर गराउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई नबिल बैंकको नेतृत्वमा निरन्तरता दिइएको थियो।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित समितिमा अर्थशास्त्री विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेका छन्। समितिले योग्य उम्मेदवारहरूको सूची तयार पार्नेछ, जसमा ढुंगानासमेत प्रमुख दाबेदारको रूपमा रहेका छन्।

ढुंगाना नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी तथा चार्टर्ड एकाउन्टेन्ट हुन्। उनले राष्ट्र बैंक छाडेपछि तत्कालीन एनसीसी बैंक हुँदै नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए। समस्याग्रस्त नेपाल बंगलादेश बैंकलाई सुधार गरी बंगलादेशी लगानी भित्र्याउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। त्यहाँ रहँदा उनी नेपाल बैंकर्स संघको अध्यक्षसमेत बनेका थिए।

गभर्नर पदका लागि अन्य आकांक्षीहरू

गभर्नरको दौडमा ढुंगानासँगै राष्ट्र बैंकका सञ्चालक रविन्द्र पाण्डे र गुणाकर भट्टलाई पनि कांग्रेस निकट उम्मेदवारका रूपमा हेरिएको छ। एमाले निकट उम्मेदवारका रूपमा डा। प्रकाश श्रेष्ठ, पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल, तथा प्रभु बैंकका सीईओ अशोक शेरचन चर्चामा छन्।

त्यस्तै, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा। युवराज खतिवडाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीलाई गभर्नर बनाउन जोड गरिरहेको स्रोतले जनाएको छ। नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरको छनोट प्रक्रियाले नेपालको बैंकिङ प्रणालीमा महत्वपूर्ण प्रभाव पार्नेछ। अब समितिले योग्य उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाएर गभर्नरको अन्तिम छनोट गर्नेछ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit