Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पहिलो तीन महिनामा प्रभु बैंकको नाफा ५५ करोड ८४ लाख, प्रतिशेयर कति पुग्यो ?

पहिलो तीन महिनामा प्रभु बैंकको नाफा ५५ करोड ८४ लाख, प्रतिशेयर कति पुग्यो ?
विज्ञापन
Advertisement

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो नाफा गत आवको सोही अवधिको तुलनामा ४६।३३ प्रतिशतले थोरै हो । गत आवको पहिलो तीन महिनामा बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा घटेको बैंकको खुद ब्याज आम्दानीमा सुधार देखिएको छ ।

गत आवको तुलनामा बैंकको खुद ब्याज आम्दानी १०।१४ प्रतिशतले बढेर २ अर्ब ८९ करोड ५२ लाख ७६ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफामा भने गिरावट आएको छ । गत आवको तुलनामा १६।५१ प्रतिशतले घटेर १ अर्ब १७ करोड २० लाख रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ५५ करोड ६० लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४० करोड ६० लाख रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा ४.९४ प्रतिशतबाट बढेर ५.७८ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ९.४९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६३.५५ रुपैयाँ रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit