Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेपाल राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय नवप्रवर्तन केन्द्र स्थापना

नेपाल राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय नवप्रवर्तन केन्द्र स्थापना
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले डिजिटल वित्तीय नवप्रवर्तन केन्द्र स्थापना गरेको छ। बैंकिङ तथा भुक्तानी प्रणालीलाई आधुनिक प्रविधिमा आधारित बनाई वित्तीय सेवा विस्तार गर्न तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्न यो केन्द्र स्थापना गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकका अनुसार, नयाँ प्रविधि तथा अवधारणाहरूलाई सहज बनाउने, नीति तथा नियमहरूबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त सुझाव संकलन गर्ने, नवप्रवर्तनकारी योजनाहरूको मूल्यांकन गर्ने र आवश्यक परामर्श तथा मार्गदर्शन प्रदान गर्ने यस केन्द्रको उद्देश्य रहेको छ।

यस केन्द्रको माध्यमबाट नियामक निकाय, सरकार तथा निजी क्षेत्रबीच समन्वय गरी नयाँ प्रविधिको विकासलाई प्रवर्द्धन गर्ने र नवप्रवर्तनलाई थप प्रोत्साहन गर्ने राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय प्रणालीलाई सुदृढ बनाउन तथा नवीन वित्तीय समाधानहरूलाई मार्गनिर्देशन दिन यो केन्द्र स्थापना गरेको जानकारी सार्वजनिक गरेको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit