Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण

एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण
विज्ञापन
Advertisement

काठमाडौं । एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ को अवसरमा आफ्नो कर्पोरेट क्यालेन्डर विशेष समारोहका बीच अनावरण गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले परम्परागत खेलकुदलाई मुख्य विषयवस्तु बनाएर तयार गरिएको क्यालेन्डर अनावरण  गरेका हुन् ।सो समारोहमा बैंकका  कार्यकारी अधिकृत ( सीईओ) सुदेश खालिङ लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्व झल्काउने विषयवस्तुहरुलाई समेटेर आफ्नो कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ । यस वर्ष बैंकले नेपालमा मनोरञ्जन तथा प्रतिस्पर्धाको रुपमा खेलिने परम्परागत खेलकुदलाई मुख्य विषय बनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

एभरेष्ट बैंकले नेपाली मौलिक संस्कृति तथा परम्परालाई प्रवर्द्धन गर्दै आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न यस्ता गतिविधिहरूलाई निरन्तरता दिने जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit