Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल लाइफको सगरमाथा सफाइ अभियान : राउण्ड टेबल नेपालसँग सहकार्य

नेपाल लाइफको सगरमाथा सफाइ अभियान : राउण्ड टेबल नेपालसँग सहकार्य
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएका फोहोर सङ्कलन गर्न प्रोजेक्ट केयर अभियान अन्तर्गत राउण्ड टेबल नेपालसँग सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ। काठमाडौँको ग्लोबल कलेजमा आयोजित एक विशेष समारोहमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

समारोहको उद्घाटन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवाल, निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल तथा प्राविधिक साझेदार सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए।

सगरमाथाको संरक्षणमा नेपाल लाइफको योगदान
नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक साझेदार सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) सँग सहकार्य गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण अनिवार्य रहेको बताए।

राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालका अनुसार यस अभियान अन्तर्गत पहिलो चरणमा ५ हजार किलो फोहोर संकलन गरिने लक्ष्य राखिएको छ भने आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको छ। साथै, उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा निरन्तर कार्य गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

फोहोर व्यवस्थापनको प्रभावकारी योजना
राउन्ड टेबल नेपालका निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवालले सगरमाथा विश्वकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले आरोहीहरूको संख्यासँगै फोहोर बढिरहेको बताए। नेपाल सरकार तथा अन्तर्राष्ट्रिय जगतले सफाइ प्रयास जारी राखे तापनि प्रभावकारी परिणाम हासिल नभएकाले यस अभियानले ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

यस क्रममा कुहिने फोहोरलाई आधार शिविरभन्दा तल पुर्ने तथा नकुहिने फोहोरलाई ३० किलोको झोला बनाई काठमाडौं ल्याइने योजना रहेको उनले जानकारी दिए। साथै, उनले नेपाल लाइफलाई अभियानमा सहभागी भएर सामाजिक उत्तरदायित्व बहन गरेकोमा धन्यवाद दिए।

सगरमाथाको फोहोर न्यूनीकरणमा महत्त्वपूर्ण योगदान
सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले यो अभियान ढिलो भए पनि सकारात्मक सुरुवात भएको बताए। उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा सगरमाथाको फोहोरबारे नकारात्मक समाचार आउन थालेको उल्लेख गर्दै, यो अभियानले समस्या समाधान गर्न ठोस योगदान दिने विश्वास व्यक्त गरे। नेपाल सरकारले आधार शिविरभन्दा माथि जाने प्रत्येक आरोहीले कम्तीमा १ किलो फोहोर ल्याउनु पर्ने नियम बनाए तापनि समस्या पूर्ण रूपमा समाधान नभएको उनको भनाइ थियो।

नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालका अनुसार हरेक वर्ष हजारौं पर्वतारोही सगरमाथा आरोहण गर्न जाने गरेकाले त्यहाँ मानव गतिविधिको वृद्धि भएको छ। फोहोर व्यवस्थापन प्रभावकारी नहुँदा सगरमाथा “विश्वकै सबैभन्दा अग्लो फोहोर थलो” बन्दै गएकाले यसको न्यूनीकरणका लागि नेपाल लाइफले पहल गरेको उनले बताए।

कार्यक्रममा नेपाल लाइफका कर्मचारीहरू, राउण्ड टेबल नेपालका पदाधिकारीहरू तथा विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो। नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशव्यापी रूपमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit