काठमाडौं । भक्तपुर दरबार स्वायर क्षेत्रमा नयाँ वर्षको अवसर पारेर क्यालेन्डर प्रदर्शनी आयोजना हुने भएको छ । आन्तरिक र बाह्य पर्यटकलाई दरबार क्षेत्रमा आकर्षित गर्न हेतु भक्तपुर दरबार, सिद्धपोखरी र योसिखेलमा विशेष प्रदर्शनीको आयोजना गर्न लागिएको हो ।
नेपालमा २०८१ सालमा भएको प्रर्दशनीमा २ करोड ९० हजार थान क्यालेन्डर निःशुल्क वितरण गरिएको जनाएको आयोजकले यो वर्ष ( २०८२) हुने प्रर्दशनीमा उक्त संख्या ३ करोड पुग्ने अनुमान गरेको जनाएको छ।
देशभरका बैंक, सहकारी संस्था, विद्यालय, व्यापारिक प्रतिष्ठान, राजनीतिक संगठन लगायतका विभिन्न संघसंस्थाहरूले आ–आफ्ना आकर्षक क्यालेन्डरहरू प्रदर्शन गर्नेछन्।
यस प्रदर्शनीले उपत्यकाका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। प्रत्येक क्यालेन्डरमा समेटिएका सूचनाहरू नेपालभित्रको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण सावित हुने आयोजकहरूको विश्वास छ।
वैशाख १ गते भक्तपुरमा हुने बिस्का जात्राको अवसरमा दरबार स्वायर क्षेत्र परिसरमा क्यालेन्डर प्रदर्शन गरिने भएको छ ।
नेपालमा क्यालेन्डर केवल मितिहरू हेर्ने साधनका रुपमा मात्र नभई, संस्कृति, परम्परा, र पहिचानको अभिन्न हिस्सा बनिसकेको भन्दै प्रदर्शनीले देशभरका नागरिकहरूलाई एकैसाथ सूचनामूलक, सौन्दर्यपरक र ऐतिहासिक महत्त्व बोकेका धार्मिक पर्यटकीय स्थलको महत्व बुझाउन सहयोग पुग्ने अपेक्षा छ ।

















प्रतिक्रिया दिनुहोस्