काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू विरुद्ध राज्य लागेको टिप्पणी गरेका छन् । मंगलबार सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको माग गरेका उनले भेटपछि यस्तो टिप्पणी गरेका हुन् ।
आज सभामुखलाई भेटेर लामिछानेसहित रास्वपाका नेताले निलम्बित सांसद पद फुकुवा गर्न आग्रह गेका थिए । तर, सभामुख घिमिरेले आफूले उनको सांसद पद निलम्बन नगरेको स्पष्ट पार्दै निलम्बन फुकुवा गर्न नसक्ने जवाफ दिएको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए । अधिकारीले सभामुखको भनाई उल्लेख गर्दै भने, ‘तपाईंको सांसद पद कानुनः त निलम्बित भएको हो, त्यसकारण मैले निलम्बन फुकुवा गर्न सक्दिनँ ।’
त्यसपछि सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कक्षबाट बाहिरिएका लामिछानेले सञ्चारकर्मीसँग आफू विरुद्ध राज्य नै लागेको बताएका हुन् ।
‘राज्य लागेपछि व्यक्तिको के लाग्दो रहेछ र !’ कहिलेसम्म अदालत जाने भन्ने प्रश्नमा लामिछाने भने ।
उनले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम जनतामा पैदा गरेको आरोप लगाए। सानो पाइला सहकारीको रकम तीनकुनेको घटना झैँ सबै नाङ्गो भइसकेपछि पनि सरकार ढाकछोप गरेका छौँ भनेर बसिरहेको भनाइ उनको छ । उनिमाथि पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप लामिछानेले लगाए ।
‘सरकारले त्यसलाई हतियार बनाएर राखेर पर्सामा झुन्ड्याईराखेको छ । मान्छे लगाएर हालिएको मुद्दामा हद म्याद छैन सब जगजाहेर छ। सरकारले छोप्यौँ भन्ठान्छ हामी नाङ्गो देखिराखेका छौं । सरकार छोपिएको छ भन्दै छ उहि तीनकुनेले छोप्या जस्तो !, नाङ्गो भैसक्यो देख्या छैन ।’
लामिछाने गत पुस ८ गतेदेखि सांसद पदबाट निलम्बित छन् । तीनकुने घटना सरकारको तर्फबाटै भएको बताएका उनले त्यसपछि अहिले घटना छोप्न सरकार लागेझैँ पर्साको उनको केसमा पनि त्यही भैरहेको लामिछानेले टिप्पणी गरे ।
‘म यहीँ छु थुनामा पनि छैन, यसो भनेपछि सरकार मलाई थुन्ने कसरी भनेर लाग्ला फेरी, पर्सामा अर्को झुन्ड्याएर राखेको छँदैछ,’लामिछानेले भने ।















प्रतिक्रिया दिनुहोस्