Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

एकल अंकले बढेको सेयर बजारमा सात अर्ब ८४ करोडको कारोबार

एकल अंकले बढेको सेयर बजारमा सात अर्ब ८४ करोडको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकले बढेको छ । आज सेयर बजार सकारात्मक रहँदै ३.३५ अंकले नेप्से परिसूचक बढेर २७०३.३९ विन्दुमा कायम छ ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो दिन ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८४ करोडको भयो । कुल ९३ कम्पनीको मूल्य बढ्दा १५१ को घटेको छ ।
एक करोड ५५ लाख कित्ता सेयर ६९ हजारपटकमा किनबेच भयो । ग्रीन भेन्चर्स लिमिटेडको सेयर सर्किट लेभलमा कारोबार भएको छ । उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब ४६ रुपैयाँले बढेर ५०५ पुगेको छ ।

सबैभन्दा धेरै बैंकिङ क्षेत्रमा०.९६ प्रतिशत (१३ अंक) बढेपछि समग्र बजारको वृद्धिदर सकारात्मक भएको हो । बैंकिङका अलवा अन्य सेक्टर १.४५, हाइड्रोपावर ०.०३ र निर्जीवन बीमा ०.५९ प्रतिशत बढ्दा व्यापार सेक्टर सबैभन्दा धेरै १.६६ प्रतिशतले घट्यो ।विकास बैंक ०.१७, फाइनान्स १.५९, होटल तथा पर्यटन ०.१२, लगानी ०.०३, जीवन बीमा ०.६६, उत्पादन ०.९८, माइक्रोफाइनान्स ०.३७ प्रतिशत गिरावट आएको छ ।

ग्रीन भेन्चर्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्दा आज उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत घटेको छ । यस्तै, विन नेपाल लघुवित्तको ६.१, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ६.१ र बोटलर्स नेपाल बालाजुको मूल्य ५.८ प्रतिशत घट्यो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit