Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

टोयोटाको नयाँ ईभी ‘बीजेडथ्रीएक्स’ जीएसी एवोनमा आधारित, एक घण्टामै १०,००० अर्डर

टोयोटाको नयाँ ईभी ‘बीजेडथ्रीएक्स’ जीएसी एवोनमा आधारित, एक घण्टामै १०,००० अर्डर
विज्ञापन
Advertisement

काठमाडाैं । टोयोटाले आफ्नो तेस्रो पूर्ण इलेक्ट्रिक सवारीको रूपमा ‘बीजेडथ्रीएक्स’ (bZ3X) एसयूभी चीनमा सार्वजनिक गरेको छ। जीएसी ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा विकास गरिएको यो मोडल टोयोटाको ब्रान्ड भए पनि विशेष रूपमा चीनको चर्चित इलेक्ट्रिक सवारी ब्रान्ड  (GAC Aion) को Aion V (Hyper HT) मा आधारित छ।

विज्ञापन
Advertisement
Advertisement

समान साइज, मोटर र ड्राइभट्रेन प्रयोग गरिए पनि बीजेडथ्रीएक्सको ब्याट्री प्रविधिमा केही परिवर्तन गरिएको छ। पाँच सिटर र पाँच डोर भएको यो गाडीको लम्बाइ ४,६०० मिमि, चौडाइ १,८५० मिमि, उचाइ १,६०० मिमि र ह्वीलबेस २,७६५ मिमि रहेको छ। टोयोटाको दाबी अनुसार, यसमा प्रयोग गरिएका ६५  प्रतिशत पार्ट्स GAC सप्लायर्सबाट आपूर्ति गरिएको हो।

चीनमै उत्पादन गरिएको बीजेडथ्रीएक्सले सार्वजनिक भएलगत्तै एक घण्टामै १०,००० भन्दा बढी अर्डर प्राप्त गरेको जानकारी दिइएको छ। अत्यधिक मागका कारण टोयोटाको सर्भरसमेत क्र्यास भएको थियो।

नेपालको सन्दर्भमा, GAC Aion ब्रान्डको आधिकारिक वितरक CG मोटर्स हो। हालै दुई महिनाअघि नेपालमा सार्वजनिक गरिएको Aion V  एसयूभीको लम्बाइ ४,६०५ मिमि, चौडाइ १,८५४ मिमि, उचाइ १,६६० मिमि, र ग्राउण्ड क्लियरेन्स १८५ मिमि रहेको छ।

यस गाडीमा १९ इन्चको मल्टि-स्पोक एल्युमिनियम ह्वील, प्यानोरामिक ग्लास रूफ, स्मार्ट रेफ्रिजरेटर, फुड वार्मर, अगाडिका सिटमा लेदर सामग्रीसहित हीट र कूलिङ सुविधा, तथा ७ वटा एयरब्यागजस्ता लक्जरी र सुरक्षात्मक विशेषताहरू उपलब्ध छन्।

नेपालमा Aion V को सुरुवाती मूल्य रु ६४.९९ लाख तोकिएको छ। एसयूभीप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै नेपाली बजारमा यसको माग उल्लेखनीय रहने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit