Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

बैंकिङ प्रणालीमा अधिक तरलता ३५ अर्ब खिच्दै राष्ट्र बैक

बैंकिङ प्रणालीमा अधिक तरलता ३५ अर्ब खिच्दै राष्ट्र बैक
विज्ञापन
Advertisement

काठमाडाैं । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्न बोलकबोल आह्वान गरेको छ। २३ दिने निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त तरलता प्रणालीबाट खिच्न लागेको हो।

विज्ञापन
Advertisement
Advertisement

चैत २५ गते निष्कासन हुने उक्त निक्षेप संकलन उपकरण बैशाख १७ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता भएको भन्दै विगत १।५ वर्षदेखि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तररुपमा तरलता खिचिरहेको छ।

निक्षेप संकलनको तुलनामा कर्जा लगानी कम भएपछि बैंक प्रणालीमा ७ खर्बभन्दा बढी अधिक लगानीयोग्य रकम थुप्रिएको छ भने सबै प्रकारको ब्याजदरहरु घटेर एकल अंकमा आएको छ। निक्षेप भारित औसत ब्याजदर समेत घटेर ५ प्रतिशतभन्दा न्यून बिन्दुमा आएको छ। राष्ट्र बैंकले निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेर बैंकिङ प्रणालीबाट तरलता खिचिरहेको छ।

राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता प्रशोचन गरिरहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit