काठमाडाैं । सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) सभापति रवि लामिछानेलाई कारागार चलान गरिएको छ ।
बुटवलको सुप्रिम सहकारीको पैसा हिनामिना मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन शुक्रबार आदेश गरेको थियो । सो आदेशपश्चात घरबाटै गिरफ्तारी दिएका उनलाई केही समय अघि रुपन्देही अदालतमा पेश गरिएको थियो । अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि उनलाई भैरहवा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
गत शुक्रबार लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको थियो । आदेशसँगै शुक्रबार रातिनै लामिछानेले काठमाडौंस्थित घरबाटै गिरफ्तारी भएका थिए । शनिबार उनलाई विमानमार्फत भैरहवा लगिएको थियो । तीन दिन न्यायिक हिरासतमा राखेर उनलाई आज कारागार चलान गरिएको हो ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्