काठमाडाैं । ट्रेड टावर लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले २०७९ असार १४ गते बोर्डमा आइपीओ बिक्रीका लागि अनुमति मागेको थियो । अन्य समूह अन्तर्गत आवेदन दिएको ३२ महिना पछि कम्पनीले आईपीओ निष्काशनको स्वीकृति पाएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गर्नेछ । कम्पनीले ३९ करोड ७१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । चालु आवमा सेबोनले आइपीओ निष्काशन गर्न दिएको सातौं तथा नयाँ अध्यक्ष आएपछिको छैटौं आईपीओ अनुमति हो । चालु आवमा सेबोनले निष्काशन अनुमति दिएका आईपीओमध्ये चैत्र २८ गतेदेखि प्योर इनर्जीले आईपीओ निष्काशन गर्दैछ भने हालै सान्भी इनर्जीले सेबोनबाट निष्काशनको अनुमति पाएपनि आईपीओ निष्काशन गरेको छैन।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्