images images images
images images images
images
images
images

पाँच हजार हेक्टर वनक्षेत्रमा डढेलो

images

चितवन । जिल्लाको वन क्षेत्रमध्ये ५ हजार ४२० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डिभिजन वन कार्यालयको क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा उक्त डढेलो लागेको हो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार यस कार्यालय मातहतमा चार हजार २२० हेक्टर वनमा डढेलो लागेको छ । वनको मातहतमा रहेको करिब ५७ हजार हेक्टर वनमध्ये सो क्षेत्रफलमा डढेलो लागेको हो । समुदायले वनमा झाडी भयो भनेर डढेलो लगाउने गरेको उनले बताए ।

images
images

सूचना अधिकारी पौडेलले भने, ‘डढेलो लगाइरहेका छन् । तर नियन्त्रणमा आएको छैन ।’ डढेलो नियन्त्रणका लागि सचेतना जगाउने काम भइरहेको भए पनि अझै डढेलो लगाउने चलनमा कमी आउन नसकेको उहाँले बताउनुभयो । वन क्षेत्रमा लगाइएको डढेलोका कारण वन्यजन्तुलाई समेत असर पारेको उनले बताए ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक हजार २०० हेक्टरभन्दा बढी क्षेत्रमा डढेलो लागेको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्ज क्षेत्रमा ८०० हेक्टर र मध्यवर्ती क्षेत्रमा ४०० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डढेलो लागेको सूचना आएलगत्तै निकुञ्ज र नेपाली सेनाको टोलीले आगो निभाउने काम गरेको भए पनि दाउराघाँस काट्न जाने समुदायले आगो लगाउने गर्दा समस्या हुने गरेको उनले बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्