Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

१० बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो १४ देशका विज्ञ सहभागी अन्तर्राष्ट्रिय फायर सेफ्टी सम्मेलन

१० बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो १४ देशका विज्ञ सहभागी अन्तर्राष्ट्रिय फायर सेफ्टी सम्मेलन
विज्ञापन
Advertisement

काठमाडौं । आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने फायर सेफ्टी
एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स १० बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै समापन भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार सम्पन्न सम्मेलनका प्रमुख सन्देशहरूलाई घोषणापत्र मार्फत सार्वजनिक गरिएको छ। घोषणापत्रमा सार्वजनिक चेतनाको अभिवृद्धि, भवन कोडको आधुनिकीकरण, डढेलो तथा शहरी वन डढेलोको जोखिम न्युनिकरण, ड्रोन प्रयोगको मापदण्ड, कृत्रिम बुद्धिमत्ता (एआई)को जिम्मेवार उपयोग, विद्युतीय सवारीसाधनमा आगलागीको व्यवस्थापन, सुरक्षासम्बन्धी उत्पादनका मापदण्ड, शैक्षिक पाठ्यक्रममा सुरक्षाको समावेश र क्षेत्रीय सहकार्य जस्ता १० प्रमुख बुँदा समेटिएको छ ।

अस्पा नेपालका अध्यक्ष सुनिल कुमार श्रेष्ठले सम्मेलनमा उठेका विचार, सिफारिसहरू र प्रविधिमूलक समाधानहरूलाई सम्बन्धित सरकारी निकायहरू समक्ष प्रस्तुत गर्दै नीतिगत सुधारको दिशामा सहकार्य गर्ने प्रतिबद्धता जनाए। उनले आगलागी सुरक्षा र विद्युतीय सुरक्षालाई केवल प्राविधिक पक्षको रुपबाट मात्र नलिइ सबैले जनताको जीवन, पूर्वतयारी र समग्र सुरक्षासँग जोडिएको विषयका रूपमा लिनुपर्नेमा जोड दिए।

सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, साथै देशभरका स्थानीय तहका प्रतिनिधिहरू, उद्योग क्षेत्रका अग्रणी व्यक्तित्वहरू, तथा विद्युत सुरक्षा र आगलागीका विज्ञहरू सहभागी थिए। साथै भारत, चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, मलेसिया, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया, श्रीलङ्का, हङकङ, मकाउ, फिलिपिन्स लगायतका १४ देशहरूबाट आएका विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

दुई दिनसम्म चलेको सम्मेलनमा अन्तरक्रियात्मक सत्रहरू, प्रविधि प्रदर्शनीहरू तथा अन्तर्राष्ट्रिय अनुभव साटासाट कार्यक्रमहरू सञ्चालन गरिएको थियो । सहभागीहरूले आधुनिक प्रविधि, सुरक्षासम्बन्धी वैश्विक अभ्यासहरू र भविष्यका लागि आवश्यक रणनीतिहरूमा विस्तृत छलफल गरेका थिए ।

सम्मेलनले सम्पूर्ण सरोकारवालालाई एक साझा मञ्चमा ल्याएर आगलागी तथा विद्युतीय सुरक्षासम्बन्धी दिगो समाधानका लागि दीर्घकालीन कार्ययोजना निर्माण गर्न सहयोग पुर्‍याएको आयोजकको भनाइ छ । जारी घोषणापत्रमार्फत सहभागीहरूले एक सुरक्षित, सचेत र प्रविधिसम्पन्न समाज निर्माणमा सहकार्य गर्ने दृढ संकल्प व्यक्त गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit