Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

नक्कली कागजात बनाएर वन फडानी गर्ने समिति सचिव तिमिल्सेना पक्राउ

नक्कली कागजात बनाएर वन फडानी गर्ने समिति सचिव तिमिल्सेना पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं । अछामको कमलबजार नगरपालिका –५ मा रहेको पाचुल्ली वनमा किर्ते कागजातका भरमा वन पैदावारको अनुमति ल्याएर फडानी गरिएको अभियोगमा वन समितिकै सचिव छत्रराज तिमिल्सेना पक्राउ परेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

तिमिल्सेनाले पाँचुल्ली चैतेपातल सामुदायिक वन समितिको नाममा कीर्ते कागजात बनाएर वन डिभिजन कार्यालय मङ्गलसेनबाट चोत्रो (डाँठ, पात, बोक्रा) पैदावार बिक्री गर्ने अनुमति लिएर फडानी गरेको जानकारी आएपछि सोमबार समितिका सचिवलाई नै पक्राउ गरिएको डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्याले जानकारी दिए ।

उनले पक्राउ परेका तिमल्सेनालाई डिभिजन वन कार्यालयको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धानको प्रक्रिया अगाडि बढिसकेको बताए । वन ऐन, २०७६ अनुसार दुई लाख रुपैयाँ भन्दा बढी बिगो भएको र एक वर्षभन्दा बढी कैद हुने अवस्थाका मुद्दा अदालतमा जाने र अन्य मुद्दा वन डिभिजनले नै हेर्ने कानुनी व्यवस्था रहेको छ ।

सामुदायिक वनबाट चार हजार किलो चोत्रो (डाँठ, पात, बोक्रा) फडानी गरिएको छ । चोत्रो (डाँठ, पात, बोक्रा) को प्रतिकिलो १० बिगो हुने भएकाले ४० हजार जरिवाना हुने र अनुसन्धानमा केही थप देखिएमा सोही दफाअनुसार कारबाही हुने पाध्यायको भनाइ छ । नक्कली कागजात तयार पारेर वन पैदावरको अनुमति लिनका लागि अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit